मुख्य समाचार
भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टि भएपछि सीमा नाकामा निगरानी बढाइएको छ
भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टि भएपछि सीमा नाकामा निगरानी बढाइएको छ

— मेचीपारि भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टि भएपछि सीमा नाकामा निगरानी बढाइएको छ । कोशी प्रदेश सरकारले निर्देशन जारी गर्दै मोरङ, झापा र इलामका अत्यधिक भीडभाड हुने प्रवेशबिन्दुमा प्राथमिक स्क्रिनिङ र सतर्कता–व्यवस्था कडाइका साथ लागू गरिएको हो ।

झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर, मोरङको जोगवनी र सुनसरीको भण्टाबारी नाकामा निगरानी बढाइएको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.यदुचन्द्र घिमिरेले जनाए । उनले भने,‘प्रारम्भमा चनाखो हुने हिसाबले नाका र अस्पतालहरुमा निगरानी बढाइएको हो ।’

स्वास्थ्य कार्यालय झापाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दै सीमा स्वास्थ्य निगरानी प्रणालीलाई चुस्त राखेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकले काँकडभिट्टा र भद्रपुर नाकालाई अलि बढी निगरानी गरिएको हो । यी दुवै नाकाहरू भारतको पश्चिम बंगालसँग सीमा जोडिन्छन् ।

बैठकले नाकामा अस्थायी हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरेको छ । डेस्कमा खटाइने टोलीले भारतबाट भित्रिने यात्रुहरूको तापक्रम नाप्ने, लक्षण मूल्यांकन गर्ने र जोखिम देखिएको अवस्थामा सुरक्षित होम–आइसोलेसन वा प्रादेशिक अस्पताल भद्रपुरतर्फ रिफर गर्ने व्यवस्था मिलाइने बताइएको छ ।

सम्भावित जोखिमलाई न्यूनीकरण गर्न स्थानीय तह र स्वास्थ्य कार्यालयले सीमा क्षेत्रमा चेतनामूलक सूचना–सामग्री राख्न सुरु गरेका छन् । निपाह भाइरसको संक्रमण स्रोत, मानिस–मानिसमा सर्ने तरिका, पूर्व–सावधानी तथा समयमै पहिचानका बारेमा स्पष्ट सन्देशहरू बोर्डमार्फत प्रवाह गरिँदै छ ।


पश्चिम बंगालको उत्तर २४ परगनामा संक्रमण पुष्टि भएपछि योसहित नदिया र पूर्व बर्धमान, जिल्लामा निगरानी कडा पारिएको छ । पाँच स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि पश्चिम बंगाल सरकारले राज्यभर उच्च सतर्कता घोषणा गरेको छ । संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका सयभन्दा बढी नागरिकलाई होम क्वारेन्टाइनमा राखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

निपाह भाइरस मानिस र जनावर दुवैमा सर्ने अत्यन्त उच्च मृत्युदर भएको रोग मानिन्छ । चमेराले दूषित बनाएको फलफूल, संक्रमित जनावर विशेषतः सुँगुर वा संक्रमित व्यक्तिसँग नजिक सम्पर्कबाट संक्रमण फैलिन सक्छ । ज्वरो, टाउको दुखाइ, श्वासप्रश्वास समस्या, चेतनास्तर घट्ने जस्ता लक्षण देखिने यो रोगका लागि हालसम्म खोप वा निश्चित उपचार उपलब्ध छैन ।



नेपालमा अहिलेसम्म निपाह संक्रमण पुष्टि भएको छैन । सम्भावित नमुना परीक्षण भने काठमाडौंमा मात्र सम्भव भएकाले सीमा क्षेत्रमा सतर्कता नै सर्वोत्तम रोकथाम उपाय भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको हिंसात्मक घटनाबारे फैलाइएको गलत प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूले कहिल्यै पनि आफ्नै नागरिकमाथि गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन् । ओलीले बुधबार फेसबुकमा जारी गरेको वक्तव्यमा संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउने अधिकार नदिएको उल्लेख गर्दै, ‘त्यस्तो आदेश मैले न त दिएको छु, न ...
— विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अर्न्तगत ६१ वटा पुल निमार्णको काम सम्पन्न भएको छ । पूर्वी खण्डमा निर्माण हुनुपर्ने ३४ वटा पुल मध्य सबै पुलको काम सम्पन्न भएको हो । बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार १२ वटा ठूला र २२ साना पुल निर्माणको काम सम्पन्न भएको हो। निर्माण सकिएकामध्ये ...
— हेटौंडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको सोमबार बसेको संयुक्त इजलासले यसअघि मागेको मिसिल फाइल नआएकाले सडक विस्तारसँग सम्बन्धित निर्णयका मिसिल झिकाउन आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । मुद्दाको अर्को पेसी माघ १८ गतेलाई तोकिएको छ। सडक विस्तारका ...
— हिमाली जिल्ला डोल्पाका २६ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको हो । जिल्लाका २६ मतदान केन्द्र अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा ...
— जबरजस्ती करणी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १३ दनुवारी टोलका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि त्रियुगा–११ गाईघाटमा डेरागरी बस्ने १६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय विकल दनुवार र १५ वर्षीय बालकलाई पक्राउ गरेको हो । अर्का एक १६ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम