मुख्य समाचार
लुम्बिनी प्रदेशसभामा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी संशोधन विधेयक पेस हुँदै
लुम्बिनी प्रदेशसभामा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी संशोधन विधेयक पेस हुँदै

— बुधबारको बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारमा विभिन्न संघीय र प्रदेश आयोगबाट प्राप्त प्रतिवेदन पनि पेस गर्ने कार्यसूची रहेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बुधबारको सम्भावित कार्यसूचीमा प्रदेशसभा सदस्यले विशेष समयमा समसामयिक विषयमा बोल्ने, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पेस गर्ने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सैद्धान्तिक छलफलका लागि पेस गर्ने र छलफलमा उठेको प्रश्नहरूको जवाफ दिने र स्वास्थ्यमन्त्री खेमबहादुर सारुले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सैद्धान्तिक छलफलका लागि पेस गर्ने र छलफलमा उठेका विषयमा जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए । सैद्धान्तिक छलफलका लागि पेस हुने दुवै विधेयक मंगलबारको बैठकमा टेबुल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हिमाली जिल्ला डोल्पाका २६ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको हो । जिल्लाका २६ मतदान केन्द्र अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा ...
— जबरजस्ती करणी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १३ दनुवारी टोलका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि त्रियुगा–११ गाईघाटमा डेरागरी बस्ने १६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय विकल दनुवार र १५ वर्षीय बालकलाई पक्राउ गरेको हो । अर्का एक १६ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला ...
— मेचीपारि भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टि भएपछि सीमा नाकामा निगरानी बढाइएको छ । कोशी प्रदेश सरकारले निर्देशन जारी गर्दै मोरङ, झापा र इलामका अत्यधिक भीडभाड हुने प्रवेशबिन्दुमा प्राथमिक स्क्रिनिङ र सतर्कता–व्यवस्था कडाइका साथ लागू गरिएको हो । झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर, मोरङको जोगवनी र सुनसरीको भण्टाबारी नाकामा निगरानी बढाइएको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव ...
— जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तानका क्रममा फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी बस्दै आएका २४ वर्षीय सविन रुम्बालाई प्रहरीले मंगलबार (आज) चुच्चेपाटीबाट नै पक्राउ गरेको हो। पक्राउ परेका रुम्बालाई आवश्यक प्रक्रिया पूरा गरी पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पेस गरिएको केन्द्रीय अनुसन्धान ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘स्टन्ट’ गरेकै भरमा राजनीति गर्नेहरुलाई देशभित्र र बाहिरको शक्तिले लगानी गरेको आरोप लगाएका छन् । उनले मंगलबार चुरे भावर पार्टीलाई नेकपामा समाहित कार्यक्रममा देशको विचार, सिद्धान्त र त्यागेको राजनीतिलाई सम्मान गर्नेभन्दा ‘स्टन्ट’ गरी लोकप्रिय अभियाना लागेका दलहरुलाई सम्वर्द्धन गरिएको बताए । ‘अहिले देशमा विचार सिद्धान्त राजनीति त्याग तपस्या बलिदानलाई सम्मान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम