मुख्य समाचार
सर्वोच्च अदालतले संसद् पुन:स्थापना माग गर्दै दायर भएका रिटमा पेसी तोकिएको हल्लाको खण्डन गरेको छ
सर्वोच्च अदालतले संसद् पुन:स्थापना माग गर्दै दायर भएका रिटमा पेसी तोकिएको हल्लाको खण्डन गरेको छ

— सर्वोच्च अदालतले संसद् पुन:स्थापना माग गर्दै दायर भएका रिटमा पेसी तोकिएको हल्लाको खण्डन गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको स्पष्टीकरण दिएका छन् ।

'संसद् विघटनविरुद्ध समेतको रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अनलाइनहरूमा समेतमा आएको समाचार सही नभएको जानकारी गराउँदछु । २० गते साधारण तारेख रहेको छ,' कोइरालाले भने । सर्वोच्चमा संसद् पुन:स्थापनाका १७ थान रिट विचाराधीन छन् । नेपाली कांग्रेस र नेकपा एमालेले पनि रिट दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हिमाली जिल्ला डोल्पाका २६ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको हो । जिल्लाका २६ मतदान केन्द्र अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा ...
— जबरजस्ती करणी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १३ दनुवारी टोलका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि त्रियुगा–११ गाईघाटमा डेरागरी बस्ने १६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय विकल दनुवार र १५ वर्षीय बालकलाई पक्राउ गरेको हो । अर्का एक १६ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला ...
— मेचीपारि भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टि भएपछि सीमा नाकामा निगरानी बढाइएको छ । कोशी प्रदेश सरकारले निर्देशन जारी गर्दै मोरङ, झापा र इलामका अत्यधिक भीडभाड हुने प्रवेशबिन्दुमा प्राथमिक स्क्रिनिङ र सतर्कता–व्यवस्था कडाइका साथ लागू गरिएको हो । झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर, मोरङको जोगवनी र सुनसरीको भण्टाबारी नाकामा निगरानी बढाइएको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव ...
— जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तानका क्रममा फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी बस्दै आएका २४ वर्षीय सविन रुम्बालाई प्रहरीले मंगलबार (आज) चुच्चेपाटीबाट नै पक्राउ गरेको हो। पक्राउ परेका रुम्बालाई आवश्यक प्रक्रिया पूरा गरी पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पेस गरिएको केन्द्रीय अनुसन्धान ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘स्टन्ट’ गरेकै भरमा राजनीति गर्नेहरुलाई देशभित्र र बाहिरको शक्तिले लगानी गरेको आरोप लगाएका छन् । उनले मंगलबार चुरे भावर पार्टीलाई नेकपामा समाहित कार्यक्रममा देशको विचार, सिद्धान्त र त्यागेको राजनीतिलाई सम्मान गर्नेभन्दा ‘स्टन्ट’ गरी लोकप्रिय अभियाना लागेका दलहरुलाई सम्वर्द्धन गरिएको बताए । ‘अहिले देशमा विचार सिद्धान्त राजनीति त्याग तपस्या बलिदानलाई सम्मान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम