मुख्य समाचार
साउदी अरबको प्रिमियम रेसिडेन्सी केन्द्रले दक्ष जनशक्ति भित्र्याउन निजी क्षेत्रका ३ हजार ४ सय ८४ रोजगारदाता संस्थालाई स्वीकृति
साउदी अरबको प्रिमियम रेसिडेन्सी केन्द्रले दक्ष जनशक्ति भित्र्याउन निजी क्षेत्रका ३ हजार ४ सय ८४ रोजगारदाता संस्थालाई स्वीकृति

— साउदी अरबको प्रिमियम रेसिडेन्सी केन्द्रले दक्ष जनशक्ति भित्र्याउन निजी क्षेत्रका ३ हजार ४ सय ८४ रोजगारदाता संस्थालाई स्वीकृति दिएको छ। ती संस्थामा कार्यरत कर्मचारीहरू आवश्यक मापदण्ड पूरा गरेमा विशेष प्रतिभा प्रिमियम रेसिडेन्सी प्राप्त गर्न योग्य हुनेछन्।

ओकाज पत्रिकाका अनुसार यो निर्णय साउदी अरबको दक्ष जनशक्ति भित्र्याउने रणनीतिअन्तर्गत लिइएको हो।

विशेष प्रतिभा प्रिमियम रेसिडेन्सी कार्यक्रम वैज्ञानिक, प्रशासनिक तथा अनुसन्धान क्षेत्रमा कार्यरत उच्च क्षमताका पेशेवरलाई लक्षित गरिएको छ। कार्यक्रममार्फत स्थानीय क्षमताको विकास र ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको साउदी अधिकारीहरूले जनाएका छन्।

यो रेसिडेन्सी प्राप्त गर्ने व्यक्तिले परिवारसहित साउदी अरबमा बसोबास गर्न पाउनेछन्। आमाबाबु, श्रीमित र २५ वर्षमुनिका सन्तानलाई समेत समेट्नेछ । यो सुविधा अन्तर्गत स्वतन्त्र रूपमा रोजगारदाताबाट स्थानान्तरण गर्न पाउने, प्रवासी तथा आश्रित शुल्कबाट छुट, एक्जिट अनुमति विना बाहिरिने र पुनः प्रवेश गर्ने सुविधा, आफन्तका लागि भ्रमण भिसा, तथा प्रवेश बिन्दुमा साउदी र जीसीसी नागरिकका लागि छुट्टाइएका लेन प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

यसका अतिरिक्त जीवनसाथी र सन्तानले निजी क्षेत्रमा रोजगारी गर्न पाउने, लगानी कानुनअनुसार व्यवसायिक गतिविधि सञ्चालन गर्न सक्ने, तथा अचल सम्पत्ति खरिद गरी त्यसबाट लाभ लिन सक्ने व्यवस्था पनि गरिएको छ।

कार्यक्रमअन्तर्गत आवश्यक शर्त पूरा गरेमा स्थायी प्रिमियम रेसिडेन्सी प्राप्त गर्न सकिने र मुख्य रेसिडेन्सी धारकलाई निताकात कार्यक्रमबाट छुट दिइने व्यवस्था छ।



योग्यता मापदण्ड दुई श्रेणीमा विभाजन गरिएको छ। पहिलो, अनुसन्धानकर्ता तथा वैज्ञानिक वा स्वास्थ्य प्रतिभा श्रेणीमा प्राथमिकताप्राप्त क्षेत्रमा स्वीकृत संस्थासँगको रोजगारी सम्झौता, मासिक न्यूनतम तलब १४ हजार सउदी रियाल, स्नातक तहको शैक्षिक योग्यता, तीन वर्षभन्दा बढी अनुभव, न्यूनतम अंक सीमा पूरा गरेको प्रमाण, रोजगारदाताको सिफारिस पत्र र सम्बन्धित क्षेत्रमा तीनवटा अनुसन्धान पत्र आवश्यक पर्नेछ।

दोस्रो, वैज्ञानिक तथा स्वास्थ्य पेशेवर श्रेणीका लागि मासिक न्यूनतम तलब ३५ हजार साउदी रियाल तोकिएको छ। यस श्रेणीमा पनि स्वीकृत संस्थासँगको रोजगारी सम्झौता, स्नातक वा सोभन्दा माथिल्लो योग्यता, तीन वर्षभन्दा बढी अनुभव, न्यूनतम अंक सीमा र रोजगारदाताको सिफारिस पत्र अनिवार्य गरिएको छ।

साउदी सरकारले भिजन-२०३० अन्तर्गत दक्ष विदेशी जनशक्ति आकर्षित गर्न यस्तो कार्यक्रम अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम