मुख्य समाचार
अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मृत फेला
अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मृत फेला

— संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मृत फेला परेका छन् ।

आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत मजदुर मृत अवस्थामा भेटिएका हुन् । उत्तर दक्षिण कोशी राजमार्गको नालिमा मोरङ केराबारी गाउँपालिका–१० घर भई हाल अरुण तेस्रोको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत २२ वर्षीय बाउट तामाङ मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।

तामाङको शव उत्तर दक्षिण कोशी राजमार्गको नालीमा मृत अवस्था फेला परेको प्रहरी जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै २७ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ का २२ वर्षीय अनिलकुमार साह तथा ललितपुर महानगरपालिका–१६ का ३० वर्षीय विवेक भुजेल ...
— रौतहटको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामामाथि कार्यालय परिसरमै कुटपिट भएको छ । सोमबारको कुटपिटको घटना उपप्रमुख लामाले मंगलबार मात्रै सार्वजनिक गरेकी छन् । घटनामा संलग्नलाई कारबाहीको माग राख्दै उनले प्रहरीमा उजुरी दिएकी छन् । घटनामा उनको गाडी तोडफोड भएको छ । सोमबार कार्यालय आएर फिल्ड अनुगमनमा निस्केकी उपप्रमुख लामालाई गुजरा नगरपालिकास्थित लमाहा पुलनजिक अपरिचित ...
— नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने नसके पदबाटै राजिनामा दिने घोषणा गरेका छन् । मंगलबार त्रिपुरासुन्दरी नगरपालिकामा निर्वाचन परिचालन कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् । वडा नं ७ मा रहेको उक्त विमानस्थल निर्माण गर्न २९ वर्ष लागेको थियो । राज्यको करिब २९ करोड लगानीमा निर्माण कार्य सम्पन्न भएको ...
— राजनीतिक दलका उम्मेदवारहरू घोषणापत्रबिना नै प्रचार–प्रसारमा गइरहेका बेला जनता समाजवादी पार्टी नेपालले २७ बुँदे चुनावी प्रतिबद्धता ल्याएको छ। २०७९ को निर्वाचनजस्तै यसले संविधान संशोधनको मुद्दालाई प्राथमिकतामा राखेको छ। ‘शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई परिवर्तनका साथै राष्ट्रिय समस्याहरूको समाधान गर्न संविधान संशोधन अथवा पुनर्लेखन गरी मुलुकलाई निकास दिनुका साथै राष्ट्रिय जातीय पहिचान झल्कने ...
— दुई पटक म्याद थप गरेर आवेदन संकलन गर्दा गोरखामा बल्ल निर्वाचन प्रहरीमा कोटा अनुसारको आवेदन परेको छ । जिल्लामा २२ सय ८३ निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाट माघ १ गते सम्मको समय तोकेर आवेदन संकलन गरिएको थियो । पहिलो अवधिमा आवश्यक संख्यामा आवेदन नआएपछि दुई दिन म्याद थप गरेर माघ ३ सम्म आवेदन संकलन भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम