मुख्य समाचार
ओखलढुंगामा दम्पतीको हत्या
ओखलढुंगामा दम्पतीको हत्या

— यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पतीको हत्या भएको छ ।

सोही वडाको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको हो ।

पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमानको शव र श्रीमतीको खाटको छेउ भूइँमा सिरक ओढेकै अवस्थामा शव भेटिएको हो।

उनीहरुको मृत्युको खबर मंगलबार बिहान करिब ७ः४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा प्राप्त भएको थियो। घटना बारे जानकारी पाउने बित्तिकै प्रहरी टोलीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए। उनले भने,'घटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।'

गत पुस १५ गते भदौरेको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो। त्योभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को पनि हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा चार जना युवा, मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


फेरि त्यही ठाउँमा अर्का दम्पतीको उस्तै प्रकृतिले हत्या गरिनुले स्थानीयमा त्रास पैदा भएको छ । शृङ्खलाबद्ध रुपमा भएका हत्याका घटनाका कारण स्थानीय त्रसित हुनाका साथै सुरक्षा चुनौती बढेको छ । गाउँघरमा हुने यस्ता खालका घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको भन्दै दोषी तत्काल पत्ता लगाई कारबाहीको दायरमा ल्याउन स्थानीयवासीले प्रहरीसमक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै २७ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ का २२ वर्षीय अनिलकुमार साह तथा ललितपुर महानगरपालिका–१६ का ३० वर्षीय विवेक भुजेल ...
— रौतहटको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामामाथि कार्यालय परिसरमै कुटपिट भएको छ । सोमबारको कुटपिटको घटना उपप्रमुख लामाले मंगलबार मात्रै सार्वजनिक गरेकी छन् । घटनामा संलग्नलाई कारबाहीको माग राख्दै उनले प्रहरीमा उजुरी दिएकी छन् । घटनामा उनको गाडी तोडफोड भएको छ । सोमबार कार्यालय आएर फिल्ड अनुगमनमा निस्केकी उपप्रमुख लामालाई गुजरा नगरपालिकास्थित लमाहा पुलनजिक अपरिचित ...
— नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने नसके पदबाटै राजिनामा दिने घोषणा गरेका छन् । मंगलबार त्रिपुरासुन्दरी नगरपालिकामा निर्वाचन परिचालन कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् । वडा नं ७ मा रहेको उक्त विमानस्थल निर्माण गर्न २९ वर्ष लागेको थियो । राज्यको करिब २९ करोड लगानीमा निर्माण कार्य सम्पन्न भएको ...
— राजनीतिक दलका उम्मेदवारहरू घोषणापत्रबिना नै प्रचार–प्रसारमा गइरहेका बेला जनता समाजवादी पार्टी नेपालले २७ बुँदे चुनावी प्रतिबद्धता ल्याएको छ। २०७९ को निर्वाचनजस्तै यसले संविधान संशोधनको मुद्दालाई प्राथमिकतामा राखेको छ। ‘शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई परिवर्तनका साथै राष्ट्रिय समस्याहरूको समाधान गर्न संविधान संशोधन अथवा पुनर्लेखन गरी मुलुकलाई निकास दिनुका साथै राष्ट्रिय जातीय पहिचान झल्कने ...
— संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मृत फेला परेका छन् । आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत मजदुर मृत अवस्थामा भेटिएका हुन् । उत्तर दक्षिण कोशी राजमार्गको नालिमा मोरङ केराबारी गाउँपालिका–१० घर भई हाल अरुण तेस्रोको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत २२ वर्षीय बाउट तामाङ मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका सूचना ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम