— जेन–जी आन्दोलनमा फरार रहेका कैदीलाई जिल्ला प्रहरी काभ्रेले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका १० का २८ वर्षीय प्रकाश श्रेष्ठ रहेको जिल्ला प्रहरी काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए ।
जबर्जस्ती करणी सम्बन्धी मुद्दामा सोलुखुम्बु जिल्ला अदालतबाट कैद सजाय ठहर भए अनुसार श्रेष्ठ केन्द्रीय कारागारमा कैद भुक्तान गर्दै आएका थिए । सोलुखुम्बु जिल्ला अदालतबाट १७ वर्ष कैद सजाय ठहर भएका श्रेष्ठ गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए ।
धुलिखेल नगरपालिका ४ स्थित काठमाडौं विश्वविद्यालयनजिकै श्रेष्ठ लुकीछिपी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले सोमबार अपरान्ह ४ः३० बजेको समयमा उनलाई पक्राउ गरेको डीएसपी विष्टले बताए । पक्राउ परेका उनलाई जिल्लास्थित कारागार कार्यालयमा राखिएको उनले जानकारी दिए ।