मुख्य समाचार
कांग्रेसको विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरु माघ २१ देखि फागुन २१ सम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने
कांग्रेसको विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरु माघ २१ देखि फागुन २१ सम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने

— नेपाली कांग्रेसको विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरु माघ २१ देखि फागुन २१ सम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने भएका छन् ।

उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको चुनाव परिचालन समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ तयार गरिरहेको छ । चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति निर्देशिकामा समेटिएको छ ।

उपसभापति शर्माले यसबारेमा केन्द्रीय कार्यालयमा चलिरहेको प्रदेश स्तरीय विशेष आन्तरिक छलफल कार्यक्रममा जानकारी गराएका हुन् । माघ १३ गते कर्णाली र सुदुर पश्चिमको छलफल सकिएको छ ।

आज गण्डकी प्रदेशको छलफल हुँदैछ । छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क समितिका सभापति एवं काठमाडौंमा रहेका विभिन्न पेशा व्यवसायमा संलग्न कांग्रेसका शुभेच्छुक एवं युवाहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै २७ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ का २२ वर्षीय अनिलकुमार साह तथा ललितपुर महानगरपालिका–१६ का ३० वर्षीय विवेक भुजेल ...
— रौतहटको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामामाथि कार्यालय परिसरमै कुटपिट भएको छ । सोमबारको कुटपिटको घटना उपप्रमुख लामाले मंगलबार मात्रै सार्वजनिक गरेकी छन् । घटनामा संलग्नलाई कारबाहीको माग राख्दै उनले प्रहरीमा उजुरी दिएकी छन् । घटनामा उनको गाडी तोडफोड भएको छ । सोमबार कार्यालय आएर फिल्ड अनुगमनमा निस्केकी उपप्रमुख लामालाई गुजरा नगरपालिकास्थित लमाहा पुलनजिक अपरिचित ...
— नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने नसके पदबाटै राजिनामा दिने घोषणा गरेका छन् । मंगलबार त्रिपुरासुन्दरी नगरपालिकामा निर्वाचन परिचालन कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् । वडा नं ७ मा रहेको उक्त विमानस्थल निर्माण गर्न २९ वर्ष लागेको थियो । राज्यको करिब २९ करोड लगानीमा निर्माण कार्य सम्पन्न भएको ...
— राजनीतिक दलका उम्मेदवारहरू घोषणापत्रबिना नै प्रचार–प्रसारमा गइरहेका बेला जनता समाजवादी पार्टी नेपालले २७ बुँदे चुनावी प्रतिबद्धता ल्याएको छ। २०७९ को निर्वाचनजस्तै यसले संविधान संशोधनको मुद्दालाई प्राथमिकतामा राखेको छ। ‘शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई परिवर्तनका साथै राष्ट्रिय समस्याहरूको समाधान गर्न संविधान संशोधन अथवा पुनर्लेखन गरी मुलुकलाई निकास दिनुका साथै राष्ट्रिय जातीय पहिचान झल्कने ...
— संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मृत फेला परेका छन् । आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत मजदुर मृत अवस्थामा भेटिएका हुन् । उत्तर दक्षिण कोशी राजमार्गको नालिमा मोरङ केराबारी गाउँपालिका–१० घर भई हाल अरुण तेस्रोको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत २२ वर्षीय बाउट तामाङ मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका सूचना ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम