मुख्य समाचार
अल्कारेज पहिलो पटक सेमिफाइनलमा
अल्कारेज पहिलो पटक सेमिफाइनलमा

— स्पेनका कार्लोस अल्कारेजको दाबी छ, आफ्नो खेलमा जहिले पनि सुधार भइरहेको छ । त्यही दाबीमा टिकेर उनले मंगलबार पहिलो पटक अस्टे«लियन ओपन टेनिसको सेमिफाइनल यात्रा तय गरेका छन् । अब त्यहाँ उनको भिडन्त हुनेछ, जर्मनीका एलेक्जान्डर जेभरेजसँग ।

महिलातर्फ एउटा सेमिफाइनलमा भने युक्रेनकी एलिना स्भिटोलिनाले आर्यना सबालेन्काको सामना गर्ने भएको छ । स्पेनी नम्बर एक खेलाडी अल्कारेजले अस्टे«लियाकै एलेक्स डेर मिनरलाई हराएका हुन् । यसक्रममा उनले घरेलु समर्थक जतिलाई निराश पारे । रड लेभर एरिनामा भएको खेलमा २२ वर्षीय अल्कारेज ७–५, ६–२, ६–१ ले विजयी रहे । पहिलो अस्टे«लियन ओपन जित्ने अभियानमा रहेका उनले अहिलेसम्म यसपल्टको प्रतियोगितामा एउटै सेट पनि गुमाएका छैनन् र आफू लयमा रहेको प्रमाणित गरेका छन् ।

जितपछि उनले भने, ‘अहिले मैले जसरी खेलिरहेको छु, त्यसमा आपैm धेरै खुसी छु । मलाई लाग्छ, प्रत्येक चरणपछि मेरो खेलमा सुधार आएको छ ।’ उनको यो भनाइको अर्थ थियो, अरू खेलाडीलाई चेतावनी । उनले थपे, ‘मैले निकै आरामदायी तरिकाले खेलें । यस्तो खेलमा मलाई गर्व पनि छ ।’ त्यसैले उनी पहिलो पटक मेलबर्नमा क्वाटरफाइनल चरण पार गर्नसफल रहे । यो अस्टे«लियन ओपन नै उनले अहिलेसम्म जित्न नसकेको एक मात्र ग्रान्ड स्लाम प्रतियोगिता हो ।

उनले यो उपाधि पनि जित्ने हो भने अल्कारेज आफ्नै देशका राफेल नडालपछि चारै ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छा खेलाडी हुनेछन् । नडालले यस्तै उपाधि चुम्दा उनी २४ वर्षका थिए । अर्को क्वाटरफाइनल खेलमा जेभरेभले भने अमेरिकी युवा खेलाडी लियनर टिएनलाई हराए । जेभरेभले कुल २४ एस प्रहार गर्दै ६–३, ६–७, ६–१, ७–६ को जित निकाले । जितपछि उनले भने, पछिल्लो १२ महिनामा उनी पहिलो पटक विनाकुनै पीडा खेलिरहेका छन् ।

विश्व नम्बर तीन जेभरेभ अहिले २८ वर्ष पुगिसकेका छन्, तर उनले कुनै ग्रान्ड स्लाम जित्न सकेका छैनन् । उनले अहिलेसम्म तीन ग्रान्ड स्लाम फाइनल खेलिसकेका छन्, तर प्रत्येकपल्ट पराजित रहेका छन् । गत वर्ष मेलबर्नमा भएको फाइनलमै पनि उनी च्याम्पियन यानिक सिनरविरुद्धको खेलमा सजिलै पराजित भएका थिए । विम्बल्डनमा हारेयता उनले एक महिनाको आराम पनि लिएका थिए ।


महिलातर्फ अमेरिकी कोको गौफले अविश्वसनीय रूपमा ५९ अनावश्यक गल्ती गर्द स्भिटोलिनाविरुद्धको खेल ६–१, ६–२ ले गुमाइन् । बेलारुसकी नम्बर १ खेलाडी सबालेन्काले भने रड लेभर एरिनामा ३८ डिग्री सेल्सियसबीच अमेरिकाकी इभान जोभिचलाई ६–३, ६–० ले पराजित गरिन् । हारका क्रममा गौफको प्रदर्शन अनुशासित रहेन र उनले खेलपछि आफ्नो ¥याकेट रिसमा बजारिरहेकी थिइन् ।

अब बुधबार क्वाटरफाइनल चरणका खेल सकिनेछ । त्यसमध्ये एउटा खेलमा १० पल्ट मेलबर्नमा च्याम्पियन रहेका नोभाक जोकोभिच कोर्टमा उत्रनेछन् भने अर्कोमा डिफेन्डिङ च्याम्पियन यानिक सिनरले खेल्नेछन् । जोकोभिचले लोरेन्जो मुसेटी र सिनरले बेन सेल्टनको सामना गर्नेछन् । महिलातर्फ जेसिका पेगुला र अमान्डा एनिसिमोभा तथा इगा स्वाटेक र एलेना रेबकिनाबीच खेल हुनेछ । मौसम भने केही चिसो हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...