मुख्य समाचार
अल्कारेज पहिलो पटक सेमिफाइनलमा
अल्कारेज पहिलो पटक सेमिफाइनलमा

— स्पेनका कार्लोस अल्कारेजको दाबी छ, आफ्नो खेलमा जहिले पनि सुधार भइरहेको छ । त्यही दाबीमा टिकेर उनले मंगलबार पहिलो पटक अस्टे«लियन ओपन टेनिसको सेमिफाइनल यात्रा तय गरेका छन् । अब त्यहाँ उनको भिडन्त हुनेछ, जर्मनीका एलेक्जान्डर जेभरेजसँग ।

महिलातर्फ एउटा सेमिफाइनलमा भने युक्रेनकी एलिना स्भिटोलिनाले आर्यना सबालेन्काको सामना गर्ने भएको छ । स्पेनी नम्बर एक खेलाडी अल्कारेजले अस्टे«लियाकै एलेक्स डेर मिनरलाई हराएका हुन् । यसक्रममा उनले घरेलु समर्थक जतिलाई निराश पारे । रड लेभर एरिनामा भएको खेलमा २२ वर्षीय अल्कारेज ७–५, ६–२, ६–१ ले विजयी रहे । पहिलो अस्टे«लियन ओपन जित्ने अभियानमा रहेका उनले अहिलेसम्म यसपल्टको प्रतियोगितामा एउटै सेट पनि गुमाएका छैनन् र आफू लयमा रहेको प्रमाणित गरेका छन् ।

जितपछि उनले भने, ‘अहिले मैले जसरी खेलिरहेको छु, त्यसमा आपैm धेरै खुसी छु । मलाई लाग्छ, प्रत्येक चरणपछि मेरो खेलमा सुधार आएको छ ।’ उनको यो भनाइको अर्थ थियो, अरू खेलाडीलाई चेतावनी । उनले थपे, ‘मैले निकै आरामदायी तरिकाले खेलें । यस्तो खेलमा मलाई गर्व पनि छ ।’ त्यसैले उनी पहिलो पटक मेलबर्नमा क्वाटरफाइनल चरण पार गर्नसफल रहे । यो अस्टे«लियन ओपन नै उनले अहिलेसम्म जित्न नसकेको एक मात्र ग्रान्ड स्लाम प्रतियोगिता हो ।

उनले यो उपाधि पनि जित्ने हो भने अल्कारेज आफ्नै देशका राफेल नडालपछि चारै ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छा खेलाडी हुनेछन् । नडालले यस्तै उपाधि चुम्दा उनी २४ वर्षका थिए । अर्को क्वाटरफाइनल खेलमा जेभरेभले भने अमेरिकी युवा खेलाडी लियनर टिएनलाई हराए । जेभरेभले कुल २४ एस प्रहार गर्दै ६–३, ६–७, ६–१, ७–६ को जित निकाले । जितपछि उनले भने, पछिल्लो १२ महिनामा उनी पहिलो पटक विनाकुनै पीडा खेलिरहेका छन् ।

विश्व नम्बर तीन जेभरेभ अहिले २८ वर्ष पुगिसकेका छन्, तर उनले कुनै ग्रान्ड स्लाम जित्न सकेका छैनन् । उनले अहिलेसम्म तीन ग्रान्ड स्लाम फाइनल खेलिसकेका छन्, तर प्रत्येकपल्ट पराजित रहेका छन् । गत वर्ष मेलबर्नमा भएको फाइनलमै पनि उनी च्याम्पियन यानिक सिनरविरुद्धको खेलमा सजिलै पराजित भएका थिए । विम्बल्डनमा हारेयता उनले एक महिनाको आराम पनि लिएका थिए ।


महिलातर्फ अमेरिकी कोको गौफले अविश्वसनीय रूपमा ५९ अनावश्यक गल्ती गर्द स्भिटोलिनाविरुद्धको खेल ६–१, ६–२ ले गुमाइन् । बेलारुसकी नम्बर १ खेलाडी सबालेन्काले भने रड लेभर एरिनामा ३८ डिग्री सेल्सियसबीच अमेरिकाकी इभान जोभिचलाई ६–३, ६–० ले पराजित गरिन् । हारका क्रममा गौफको प्रदर्शन अनुशासित रहेन र उनले खेलपछि आफ्नो ¥याकेट रिसमा बजारिरहेकी थिइन् ।

अब बुधबार क्वाटरफाइनल चरणका खेल सकिनेछ । त्यसमध्ये एउटा खेलमा १० पल्ट मेलबर्नमा च्याम्पियन रहेका नोभाक जोकोभिच कोर्टमा उत्रनेछन् भने अर्कोमा डिफेन्डिङ च्याम्पियन यानिक सिनरले खेल्नेछन् । जोकोभिचले लोरेन्जो मुसेटी र सिनरले बेन सेल्टनको सामना गर्नेछन् । महिलातर्फ जेसिका पेगुला र अमान्डा एनिसिमोभा तथा इगा स्वाटेक र एलेना रेबकिनाबीच खेल हुनेछ । मौसम भने केही चिसो हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
फागुरामको दुई गोलमा प्लानिङ ब्वाइजको पुनरागमन
— पोखरा रंगशालामा जारी एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा न्यु डायमन्ड युथ स्पोटर््स क्लबले फाइनलमा स्थान बनाएको छ । मंगलबार न्यु डायमन्डको निर्णायक जित, थाइल्यान्ड क्विन्सको लयबद्ध प्रदर्शन र पुरुषतर्फ पर्वत भलिबल संघको लगातार तेस्रो जितले च्याम्पियनसिपलाई थप रोमाञ्चक बनाएको छ । महिलातर्फ प्रभावशाली प्रदर्शन गर्दै एक खेल बाँकीमै न्यु डायमन्ड फाइनल ...
: एन्फा राष्ट्रिय लिग २०८२ मा त्रिभुवन आर्मी क्लब र लालीगुराँस क्लबले गोलरहित बराबरी खेलेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीले कुनै पनि गोल निकाल्न सकेनन्। आजको खेलमा आर्मीसँगको बराबरीसँगै लालीगुराँस अंक तालिको शीर्ष स्थानमा उक्लिएको छ। पछिल्लो ३ खेलमा जित निकाल्दै लालीगुराँस शीर्षमा उक्लेको हो। आजको दोस्रो खेल प्लानिङ ब्वाइएज युनाइटेड र ...
: नेपाली महिला क्रिकेट टोलीले विश्वकप खेल्ने सपना सकियो। आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफार्यसको समूह बी अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदा नेपालले अगाडिको चरणमा खेल्ने सम्भावना सकिएको हो। यो प्रतियोगिता नेपाली महिला क्रिकेट टिमले खेलेको आइसीसीको सबैभन्दा ठूलो प्रतियोगिता थियो। यही प्रतियोगिताबाट नेपालले घरेलु मैदानबाट विश्वकपको मैदानमा पुग्ने सपना लिएको थियो। तर, ...
। थाइल्यान्डमा सम्पन्न साफ फुटसल च्याम्पियनसिपमा नेपाली पुरुष फुटसल टोली तेस्रो भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ फुटसल च्याम्पियनसिपमा दक्षिण एसियाका सातवटै राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । थाइल्यान्डको बैंककमा भएको साफ फुटसल च्याम्पियनसिपको उपाधि भने माल्दिभ्सले जित्यो । माल्दिभ्सले खेलेको ६ वटै खेल जित्दै अपराजित रहेर च्याम्पियन भएको हो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम