मुख्य समाचार
विदेशी प्रशिक्षक पाएर उत्साहित नेपाली महिला टिम, क्रिजमा भने चलेन
विदेशी प्रशिक्षक पाएर उत्साहित नेपाली महिला टिम, क्रिजमा भने चलेन

: नेपाली महिला क्रिकेट टोलीले विश्वकप खेल्ने सपना सकियो। आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफार्यसको समूह बी अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदा नेपालले अगाडिको चरणमा खेल्ने सम्भावना सकिएको हो।

यो प्रतियोगिता नेपाली महिला क्रिकेट टिमले खेलेको आइसीसीको सबैभन्दा ठूलो प्रतियोगिता थियो। यही प्रतियोगिताबाट नेपालले घरेलु मैदानबाट विश्वकपको मैदानमा पुग्ने सपना लिएको थियो। तर, घरेलु टिम नेपाल समूह चरणबाटै बाहिरियो। यो प्रतियोगिताको नजिता नेपालको पक्षमा नरहे पनि केही सकरात्मक पक्ष यो प्रतियोगिताले नेपाली महिला क्रिकेटमा ल्याएको छ। जसमा ओपनर ब्याटरले देखाएको सम्भावना, युवा खेलाडीमा भरिएको आत्मविश्वास, पुराना खेलाडीमा आएको जोस र नयाँ प्रशिक्षकको रणनीति सकारात्मक पक्ष रह्यो।


नेपालको फितलो ब्याटिङ

नेपाली महिला क्रिकेट टिमको पुरानो रोग हो, ब्याटिङ कोल्याप्स। यो प्रतियोगिताको ४ खेलमध्ये २ खेलमा नेपालको ब्याटिङ कोल्याप्स भयो। २ खेलमा ओपनिङका २ ब्याटर चले, पछिल्लो २ खेलमा ओपनरले पनि राम्रो खेल्न सकेनन्। मध्यमक्रम चलेको १ खेलमा नेपालले जित पनि निकाल्यो। अन्तिम खेलमा नेपालले पुरानै शैलीको ब्याटिङ देखायो। कप्तान, उपकप्तान, पूर्वकप्तानदेखि पूर्वउपकप्तानसम्म ब्याटिङको समस्या स्वीकार गर्छन्। पहिलो खेलमा हार व्यहोरेपछि कप्तान इन्दु बर्माले आफ्नो र पूजा महतोले जिम्मेवारी पूरा गर्न नसकेको बताएकी थिइन्। ‘हामीले मध्यक्रममा सम्हालिएर खेल्नुपर्ने थियो,’ उनले भनिन्।
पूर्वकप्तान रहेकी अनुभवी ब्याटर रुबिना पनि मध्यक्रममा छिटो छिटो विकेट पतन हुनु टिमको हारको कारण रहेको बताइन्। ‘जसरी ओपनिङमा साझेदारी बन्यो, त्यसरी मध्यक्रममा विकेट छिटो पतन भयो,’ नेदरल्यान्ड्ससँग २ रनले पराजित भएपछि रुबिनाले भनेकी थिइन्। अनुभवी ब्याटर रुबिनाले पनि १ खेलमा भन्दा अन्य खेलमा महत्वपूर्ण पारी खेल्न सकिनन्।

तेस्रो खेलमा नेपालले जिम्बावेलाई हरायो। यो खेलमा मध्यक्रममा कप्तान र उपकप्तान पूजाको राम्रो साझेदारी देखियो। पूजाले टी-२० अन्तर्राष्ट्रिय तेस्रो अर्धशतक पूरा गर्दै नेपाललाई जिताइन्।

यो प्रतियोगिताबाट नेपालका दुई अनुभवी ब्याटरले १ हजार टी-२० अन्तर्राष्ट्रिय रनको कोशेढुंगा पूरा गरे। रुबिना क्षेत्रीले न्युजिलयन्डसँगको खेलमा ३७ रनको अविजित पारीसहित १ हजार रन पूरा गरिन्। सीता राना मगरले जिम्बावेसँगको खेलमा ११ रन प्रहार गर्दै रिटायर हर्ट भएकी थिइन्। उनले यो खेलमा ११ रन हान्दै १ हजार रन पूरा गरिन्।

ब्याटिङमा नेपालको लागि सबैभन्दा सकरात्मक पक्ष ओपनर रहे। यो प्रतियोगिताबाट सम्झना खड्का र विन्दु रावलको ओपनिङ जोडी जम्यो। यी दुईले ओपनिङमा राम्रो सम्भावना देखाए। यी दुवैले पावरप्लेको सदुपयोग गर्न सिकेको देखियो। ठूलो पारी खेल्ने प्रयास यी दुई ब्याटरले गरेको पाइयो। ब्याटिङमा पूजाले १ खेलमा राम्रो खेल प्रदर्शन गरिन्। रुबिना क्षेत्री र सीता राना मगर यी पाँच जना ब्याटरको वरपर नै यो प्रतियोगिताको ४ खेल निर्भर रह्यो।

बलिङमा मध्यम प्रदर्शन
नेपाली महिला क्रिकेट टिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन दिन सकेन। तेस्रो र चौथो खेलमा नेपालको बलिङ मध्यम रह्यो। समूह चरणको खेलमध्ये अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको थियो। नेपालले जिम्बावेलाई १२९ मा रोक्यो। जसमा नेपालले बलिङमा देखाएको अनुशासन हो। जिम्बावेले नेपालको पिचमा खुलेर ब्याटिङ गर्न सकेन। जिम्बावे यो प्रतियोगिता अवधिभर सबैभन्दा कमजोर टिम देखियो। समूह बी मा जितविहीन बनेको जिम्बावेबाट नै नेपालले २ अंक जोडेको थियो।

अन्तिम खेलमा नेपालले अघिल्लो १० ओभर अनुशासित बलिङ गर्‍यो तर त्यसपछि भने फिल्डिङमा गल्तीदेखि विकेटमा पनि स्कटल्यान्डले खुलेर खेल्यो। पहिलो पावरप्लेमा अन्तिम खेलमा प्लेइङ ११ मा मौका बनाएकी बायाँ हाते स्पिनर मनिसा उपाध्यायले राम्रो प्रदर्शन गरिन्। उनले पावरप्लेमा ३ विकेट लिँदै स्कटल्यान्डलाई ब्याकफुटमा धकेलेकी थिइन्। तर, त्यसपछि भने नेपालको बलिङ र फिल्डिङमा गल्तीहरू धेरै भए। अन्तिम खेलमा हार व्यहोरेपछि टिमकी सबैभन्दा अनुभवी खेलाडी सीता राना भन्छिन्, ‘हामीले पछिल्लो १० ओभरमा डटबल खेलाउन सकेनौं। एकै ओभरमा २-३ वटा बाउन्ड्री दियौं,’ सीताले भनिन्।

नेपालको बलिङमा युवा खेलाडी दायाँ हाते लेगब्रेक स्पिनर रिया शर्माले सम्भावना देखाइन्। उनले चारै खेलमा मध्यम प्रदर्शन देखाइन्। बलिङमा पनि पूजा महतो, सीता राना मगर र रुबिना क्षेत्रीकै वरपर खेल रह्यो। सीता राना मगर यो प्रतियोगिताका लागि बलरको भूमिकामा थिइन्। उनले भनिन्, ‘यो प्रतियोगितामा मलाई प्रशिक्षकले बलरको भूमिका दिनुभएको थियो। मैले बलिङमा राम्रै प्रदर्शन गरेको जस्तो लाग्छ,’ सीताले अन्तिम खेलमा हार व्यहोरेपछि पत्रकारसँगको कुराकानीमा भनिन्। उनले थपिन्, ‘बलरको भूमिका थियो भन्दैमा ब्याटिङ चटक्कै छोड्ने भन्न खोजेको चाहिँ होइन।’

प्रशिक्षक हर्षलले ल्याएको ‘हर्ष’
१९ वर्षसम्म एसियन क्षेत्र छनोटमा रुमल्लिएको नेपाली टिमलाई पहिलो पटक अन्तर्राष्ट्रिय प्रशिक्षक पयो। भारतीय मूलका प्रशिक्षक हर्षल पाठकले छोटो समयमा नै नेपाली महिला टिममा परिवर्तन ल्याएका छन्। खेलाडीहरू पनि उनको आगमनमा निकै उत्साहित देखिन्छन्। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई २ वर्ष लामो सम्झौतामा टिममा भित्र्याएको हो। ‘नयाँ प्रशिक्षक आएपछि टिममा धेरै परिवर्तन भइरहेको छ,’ पहिलो ब्याचकी खेलाडी सीता राना मगरले ग्लोबल क्वालिफार्यसको अन्तिम खेलमा स्कटल्यान्डसँगको हारपछि भनिन्। पुराना खेलाडीमा पनि पाठकको आगमनले नयाँ उत्साह ल्याएको छ। ‘मैले यो प्रतियोगिता नै मेरो अन्तिम प्रतियोगिता होला भनेर सोचेको थिएँ। तर, जुन तरिकाले नयाँ प्रशिक्षकको आगमन पछि यो टिमले खेलिरहेको छ, म अझै केही समय खेल्न चाहन्छु,’ उनले पत्रकारसँग आफ्नो अनुभव साटिन्।

उनी भन्छिन्, ‘कोच अलि ढिलो आउनुभयो।’ उनको आशय थियो, प्रशिक्षक हर्षल टिममा केही समय छिटो आगमन भएको भए नतिजा फरक पर्न सक्थ्यो।

उपकप्तान पूजा महतोले पनि आफूले २ खेलमा खराब प्रदर्शन गर्दा प्रशिक्षक हर्षलले आफूमा आत्मविश्वास भरेको बताइन्। ‘मैले २ खेलमा एकदम नराम्रो खेल्दा सरले (हर्षल पाठक)ले ममा क्षमता छ। त्यसलाई सही तरिकाले सदुपयोग र प्रदर्शन गर्न उत्प्रेरण दिनुभएको थियो,’ उनले जिम्बावेसँगको खेलमा अर्धशतक पूरा गरेपछि पत्रकारसँग भनेकी थिइन्।

सकरात्मक पक्ष सुनाउँदै गर्दा नेपालको पुरानो समस्या सुधार हुन भने केही समय लाग्नेछ। विशेषतः यो प्रतियोगिताको लागि एक महिनाभन्दा कम समयमा प्रशिक्षक हर्षलले ल्याएको परिवर्तन मैदानमा देखियो। तर, उनको आगमनको धेरै लामो समय नहुँदा उनले टिममा धेरै परिवर्तन भने गर्न सकेनन्।

प्रशिक्षक हर्षल नेपाली महिला क्रिकेट टिमलाई ‘सम्भावना भएको टिम’को रूपमा भन्छन्। प्रतियोगितामा जिम्बावेलाई हराएपछि उनले पत्रकारसँग भने, ‘पहिलो जितपछि म निकै खुसी छु। यो टिमसँग राम्रो सम्भावना रहेको छ।’

उनले टिममा विश्वास र आत्मविश्वास भर्न थालेका छन्, उनी आफैं पनि भन्छन्, ‘जब टिममा विश्वास हुन्छ, तब राणनीति र पद्धतिहरूले काम गर्छ,’ उनले नेपालको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि भनेका थिए, ‘परिवर्तन छोटो समयमा आउँदैन। यसको लागि केही समय लाग्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एन्फा राष्ट्रिय लिग २०८२ मा त्रिभुवन आर्मी क्लब र लालीगुराँस क्लबले गोलरहित बराबरी खेलेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीले कुनै पनि गोल निकाल्न सकेनन्। आजको खेलमा आर्मीसँगको बराबरीसँगै लालीगुराँस अंक तालिको शीर्ष स्थानमा उक्लिएको छ। पछिल्लो ३ खेलमा जित निकाल्दै लालीगुराँस शीर्षमा उक्लेको हो। आजको दोस्रो खेल प्लानिङ ब्वाइएज युनाइटेड र ...
। थाइल्यान्डमा सम्पन्न साफ फुटसल च्याम्पियनसिपमा नेपाली पुरुष फुटसल टोली तेस्रो भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ फुटसल च्याम्पियनसिपमा दक्षिण एसियाका सातवटै राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । थाइल्यान्डको बैंककमा भएको साफ फुटसल च्याम्पियनसिपको उपाधि भने माल्दिभ्सले जित्यो । माल्दिभ्सले खेलेको ६ वटै खेल जित्दै अपराजित रहेर च्याम्पियन भएको हो ...
। विभागीय टोली नेपाल पुलिस क्लबले श्री भगवती क्लबलाई १-० ले पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा आत्मघाती गोल मदतमा पुलिसले श्री भगवतीलाई हराउँदै ३ अंक जोडेको हो । श्री भगवतीका विवश चौधरीले ३७औं मिनेटमा गरेको आत्मघाती गोलमा पुलिसले अग्रता लिएको थियो । पुलिसका फरवार्ड ...
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टी–२० विश्वकप २०२६ मा सहभागी हुनेबारे अन्तिम निर्णय आउँदो सोमबारसम्म गर्ने भएको छ ।
। आईसीसी टी-२० विश्वकपको समूह चरणका खेलअघि नेपाली क्रिकेट टोलीले यूएई र क्यानडासँग वार्म अप खेल खेल्ने भएको छ । समाचार संस्था सिजार स्पोर्ट्स ग्लोबलमा उल्लेख भएअनुसार नेपालले यूएईसँग फेब्रुअरी ३ मा क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्नेछ । त्यसअघि नेपाली टोलीले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल खेल्ने तालिका छ । टी-२० ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम