मुख्य समाचार
भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर

: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।


आयोगका अनुसार आचार्यले राष्ट्रसेवक पदमा रहँदा पदीय मर्यादाविपरीत कार्य गरी वैधानिक आयसँग मेल नखाने गरी सम्पत्ति आर्जन गरेको उजुरी परेपछि विस्तृत अनुसन्धान गरिएको थियो।


अनुसन्धानका क्रममा २०४८ साल माघ ६ गतेदेखि २०८० साल असार ६ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी आचार्य र उनको एकाघर परिवारको आय–व्यय विश्लेषण गर्दा कूल वैधानिक आय ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ १८ पैसा देखिएको आयोगले जनाएको छ।


तर सोही अवधिमा जग्गा खरिद,घर निर्माण,सवारी साधन खरिद,बीमा शुल्क, भुक्तानी, लगानी तथा बैंक खातामा रहेको मौज्दातसमेत गरी कूल १० करोड २९ लाख ९९ हजार २२६ रुपैयाँ १२ पैसा खर्च तथा लगानी भएको पाइएको छ।

कूल आयभन्दा कूल व्यय ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ बढी देखिएको र उक्त रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न आचार्यले सकेनन्। आयोगले आचार्यले वैधानिक आम्दानीको तुलनामा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको,सार्वजनिक सेवाको पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको तथा ती सम्पत्तिहरू श्रीमती लिली सुवेदीको नाममा खरिद गरेको पाइएको अख्तियारले जनाएको छ।

अख्तियारले आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा बिगो कायम गरी कैद,जरिवाना र गैरकानुनी सम्पत्ति जफतको मागदाबी लिएको छ। साथै,झुट्टा सम्पत्ति विवरण पेश गरेको अभियोगमा थप सजायको माग पनि गरिएको छ।

त्यसैगरी,गैरकानुनी रूपमा आर्जन गरिएका सम्पत्तिहरू जफत गर्ने प्रयोजनका लागि आचार्यकी श्रीमती सुवेदीलाई समेत प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा दाङमा जनप्रतिनिधि र कर्माचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवाससहित ६ जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख ...
: राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो। चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेस गर्ने कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनमार्फत ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार दिउँसो अख्तियारको टोलीले छापा मारेर कार्यालय प्रमुख, त्यहाँका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरका कमर्चारको मोबाइल जफत गरेको हो। सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अनुत्तीर्ण भएको ३ महिना नपुग्दै पुन: आवेदन दर्ता गरी लिखित परीक्षामा सहभागी गराएको सूचनाको आधारमा अख्तियारको टोलीले छापा ...
: आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ। सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका अधिकारीहरूले मतपत्र छपाई स्थलजनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण समेत गरेका छन्। निरिक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई ...
: विशेष अदालतले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्राविधिक परीक्षणका लागि विज्ञ टोली समूहसमेत गठन गरेका छन्। 'आपूर्ति भई जडान भएको भनिएको प्रणाली तथा सामग्रीहरूको गुणस्तर तथा मापदण्ड सम्झौता बमोजिम भए नभएको परीक्षणको लागि विशेष अदालत नियमावली, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम