मुख्य समाचार
झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गर्दै गए पार्टी फुट्ने चेतावनी
झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गर्दै गए पार्टी फुट्ने चेतावनी

: नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गर्दै गए पार्टी फुट्ने चेतावनी दिएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकीकरण घोषणा भएको लामो समय नेकपाको नेतृत्वदायी कमिटी नै नबनाउने र संस्थागत निर्णय प्रक्रिया विकसित नहुँदा पार्टी फुटतर्फ जाने चेतावनी दिएका हुन्।




कतिपय निर्णय एकैचोटी सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएको भन्दै उनले पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउन जोड दिए। उनले वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन गर्ने, अन्य पार्टीबाट आउने नेताहरूको संस्थागतरूपमा जानकारीसम्म नदिने गरेको भन्दै आपत्ति जनाए।


पूर्वप्रधानमन्त्री खनालले जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरू बीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेको बताए।




‘यतिबेला हाम्रा सामु आम निर्वाचन २०८२ सन्निकट आइरहेको छ । मुलुकका विरुद्ध भित्री र बाहिरी प्रतिक्रियावादीहरूको घोर षड्यन्त्र चलिरहेको छ । जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरू बीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेका छन् । यही कुरालाई ध्यानमा राखेर कम्युनिष्टहरू एकताबद्ध हुने प्रयत्न पनि भइरहेको छ ।’उनले भनेका छन्,‘तर त्यो प्रयत्नलाई बल पुर्‍याउनुको सट्टा एकीकरण घोषणा भएको यति लामो समय पछि पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र नै नेतृत्वदायी कमिटी नै बन्न नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिहरूको इच्छा बमोजिम ठूलठूला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेल जस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागतरुपमा जानकारीसम्म पनि नहुनु र एकैचोटी सार्वजनिक संचार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन् । ’

सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने कारबाही फिर्ता लिएर हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन माग गरे। उनले भने,‘यदि यो नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क.हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्‍यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु । ’

उनले सामूहिक निर्णय प्रक्रिया अगाडि नबढाए एकीकरण भई नसक्दै विश्रृंखलातिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा दाङमा जनप्रतिनिधि र कर्माचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवाससहित ६ जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख ...
: राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो। चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेस गर्ने कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनमार्फत ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार दिउँसो अख्तियारको टोलीले छापा मारेर कार्यालय प्रमुख, त्यहाँका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरका कमर्चारको मोबाइल जफत गरेको हो। सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अनुत्तीर्ण भएको ३ महिना नपुग्दै पुन: आवेदन दर्ता गरी लिखित परीक्षामा सहभागी गराएको सूचनाको आधारमा अख्तियारको टोलीले छापा ...
: आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ। सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका अधिकारीहरूले मतपत्र छपाई स्थलजनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण समेत गरेका छन्। निरिक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई ...
: विशेष अदालतले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्राविधिक परीक्षणका लागि विज्ञ टोली समूहसमेत गठन गरेका छन्। 'आपूर्ति भई जडान भएको भनिएको प्रणाली तथा सामग्रीहरूको गुणस्तर तथा मापदण्ड सम्झौता बमोजिम भए नभएको परीक्षणको लागि विशेष अदालत नियमावली, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम