मुख्य समाचार
राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण

: राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरूले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउँदै दल तथा उम्मेदवारलाई मत माग्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।


राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासेले निष्पक्ष निर्वाचनमा जोड दिँदै बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई विजयी गराउनुपर्ने बताइन्। उनले निर्वाचनपछि बन्ने सरकारले विकृति र विसङ्गति रोक्ने र बेरोजगारीको अन्त्य गर्नुपर्ने धारणा राखिन्।


त्यस्तै राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनबाहेकको विकल्प नरहेको भन्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले संविधानलाई सही ट्रयाकमा ल्याउन तोकिएको समयमा निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए। राजनीतिक दललाई दोषको भागी बनाएर जनतामा भ्रमित गर्ने कोसिस भइरहेको भन्दै उनले आपत्ति जनाए।

त्यस्तै अन्य राष्ट्रियसभा सदस्यहरूले पनि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गरेका थिए भने संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले समितिको वार्षिक प्रतिवेदन पेस गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक माघ १४ गते बुधबार बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विशेष अदालतले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्राविधिक परीक्षणका लागि विज्ञ टोली समूहसमेत गठन गरेका छन्। 'आपूर्ति भई जडान भएको भनिएको प्रणाली तथा सामग्रीहरूको गुणस्तर तथा मापदण्ड सम्झौता बमोजिम भए नभएको परीक्षणको लागि विशेष अदालत नियमावली, ...
: नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारीलाई निष्कृय गर्न निर्देशन दिएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले केही स्थानमा पार्टीबाट विद्रोह गरेर छुट्टै उम्मेदवारी दर्ता गराएको अवस्थामा आफ्नो उम्मेदवारीलाई निष्कृय गर्दै पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको जनाएको हो। कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले छोटो ...
: नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका छन्। सोमबार साँझ धनगढी विमानस्थलमा ओर्लिएलगत्तै स्थानीय नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा उनको स्वागत भएको थियो। लेखकको पक्षमा नेता–कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए। विमानस्थलबाट सिधै महेन्द्रनगरस्थित निवास पुगेका लेखकले कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीतिमा छलफल सुरु गरेका छन्। निवासमा भेट्न पुगेका नेता–कार्यकर्तालाई लेखकले ...
: सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम गर्नका लागि सचिव चन्द्रकला पौडेललाई तोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले ...
: धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्कराज राई (साम्पाङ)को कार्यकालमा धरान खानेपानी व्यवस्थापन बोर्ड साढे तीन वर्षसम्म अडिट नगरी सञ्चालन गरिएको खुलासा भएको छ। बोर्ड आर्थिक पारदर्शिता बिना मेयरको तोक आदेशको भरमा सञ्चालन हुँदै आएको तथ्य सार्वजनिक भएको हो। मेयर पदबाट हर्कराज राईले राजीनामा दिएपछि सोमबार धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघाले पत्रकार सम्मेलन गरी खानेपानी व्यवस्थापन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम