कोशी प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा वर्षौंदेखि जरा गाडेको अव्यवस्था, भौतिक पूर्वाधारको अभाव, कानुनी अस्पष्टता र प्रशासनिक उदासीनतामाथि प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले गम्भीर प्रश्न उठाएको छ
कोशी प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा वर्षौंदेखि जरा गाडेको अव्यवस्था, भौतिक पूर्वाधारको अभाव, कानुनी अस्पष्टता र प्रशासनिक उदासीनतामाथि प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले गम्भीर प्र
कोशी प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा वर्षौंदेखि जरा गाडेको अव्यवस्था, भौतिक पूर्वाधारको अभाव, कानुनी अस्पष्टता र प्रशासनिक उदासीनतामाथि प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले गम्भीर प्रश्न उठाएको छ
: विशेष अदालतले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्राविधिक परीक्षणका लागि विज्ञ टोली समूहसमेत गठन गरेका छन्।
'आपूर्ति भई जडान भएको भनिएको प्रणाली तथा सामग्रीहरूको गुणस्तर तथा मापदण्ड सम्झौता बमोजिम भए नभएको परीक्षणको लागि विशेष अदालत नियमावली, ...
: नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारीलाई निष्कृय गर्न निर्देशन दिएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले केही स्थानमा पार्टीबाट विद्रोह गरेर छुट्टै उम्मेदवारी दर्ता गराएको अवस्थामा आफ्नो उम्मेदवारीलाई निष्कृय गर्दै पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको जनाएको हो।
कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले छोटो ...
: नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका छन्।
सोमबार साँझ धनगढी विमानस्थलमा ओर्लिएलगत्तै स्थानीय नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा उनको स्वागत भएको थियो। लेखकको पक्षमा नेता–कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए। विमानस्थलबाट सिधै महेन्द्रनगरस्थित निवास पुगेका लेखकले कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीतिमा छलफल सुरु गरेका छन्।
निवासमा भेट्न पुगेका नेता–कार्यकर्तालाई लेखकले ...
: सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम गर्नका लागि सचिव चन्द्रकला पौडेललाई तोक्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले ...
: धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्कराज राई (साम्पाङ)को कार्यकालमा धरान खानेपानी व्यवस्थापन बोर्ड साढे तीन वर्षसम्म अडिट नगरी सञ्चालन गरिएको खुलासा भएको छ। बोर्ड आर्थिक पारदर्शिता बिना मेयरको तोक आदेशको भरमा सञ्चालन हुँदै आएको तथ्य सार्वजनिक भएको हो।
मेयर पदबाट हर्कराज राईले राजीनामा दिएपछि सोमबार धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघाले पत्रकार सम्मेलन गरी खानेपानी व्यवस्थापन ...