मुख्य समाचार
सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले चोरीका दुई वटा गाडी बरामद
सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले चोरीका दुई वटा गाडी बरामद

: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले चोरीका दुई वटा गाडी बरामद गरेको छ। ट्राफिक अपराध नियन्त्रण र सवारी सुरक्षालाई प्राथमिकतामा राख्दै सादा पोसाकमा परिचालन गरिएको विशेष टोलीले धरान र इटहरी क्षेत्रबाट लाखौँ मूल्य पर्ने गाडी बरामद गरेको छ।




ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले पछिल्लो समय चोरीका सवारी साधन सञ्चालनमा आएको सूचना पाएपछि विशेष निगरानी र अनुसन्धान थालिएको र सोही क्रममा ट्राफिक प्रहरीको सक्रियताले दुई वटा चोरीका गाडी बरामद गर्न सफलता मिलेको बताए।


बरामद गरिएका गाडीको सम्बन्धित कम्पनीसँग सोधखोज गर्दा गाडीमा उल्लेख गरिएको इन्जिन नम्बर र चेसिस नम्बर आधिकारिक विवरणसँग मेल नखाएको पुष्टि भएको एसपी गिरीले जानकारी दिए। त्यस्तै, गाडीमा राखिएको नम्बर प्लेटको विषयमा यातायात व्यवस्था कार्यालयसँग बुझ्दा उक्त नम्बर प्लेट नै दर्ता नभएको खुलेको छ। यसले गाडी चोरी गरी अवैध रूपमा प्रयोग गरिएको पुष्टि भएको एसपी गिरीले बताए।

ट्राफिक प्रहरीले धरान उपमहानगरपालिका वडा नम्बर–१७ बाट बा ८ च ९५१९ नम्बरको सिल्भर रङको हुण्डाई कम्पनीको कार र इटहरी उपमहानगरपालिका वडा नम्बर–५ बाट मे १ च ३८४६ नम्बरको सेतो रङको महिन्द्रा कम्पनीको बोलेरो गाडी नियन्त्रणमा लिएको छ। यसअघि पनि ट्राफिक प्रहरीले ताप्लेजुङ जिल्लाबाट चोरीका पाँच वटा बोलेरो गाडी बरामद गरेको थियो। बरामद गरिएका गाडीको विषयमा आइतबार ट्राफिक प्रहरीले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको थियो।

एसपी गिरीका अनुसार बरामद गरिएका गाडीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी लिलामीका लागि सुनसरी भन्सार कार्यालय, सेतु बन्ध कोशी ब्यारेजमा बुझाइएको छ। उनले सवारी साधन खरिद गर्दा कागजात, इन्जिन नम्बर र चेसिस नम्बर अनिवार्य रूपमा जाँच गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

ट्राफिक प्रहरीको नियमित निगरानी, सूचनामा आधारित अनुसन्धान र सादा पोशाकमा गरिएको अपरेसनका कारण चोरीका सवारी साधन नियन्त्रणमा लिन सहज भएको भन्दै आगामी दिनमा पनि यस्ता अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ। सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका अधिकारीहरूले मतपत्र छपाई स्थलजनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण समेत गरेका छन्। निरिक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई ...
: विशेष अदालतले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्राविधिक परीक्षणका लागि विज्ञ टोली समूहसमेत गठन गरेका छन्। 'आपूर्ति भई जडान भएको भनिएको प्रणाली तथा सामग्रीहरूको गुणस्तर तथा मापदण्ड सम्झौता बमोजिम भए नभएको परीक्षणको लागि विशेष अदालत नियमावली, ...
: नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारीलाई निष्कृय गर्न निर्देशन दिएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले केही स्थानमा पार्टीबाट विद्रोह गरेर छुट्टै उम्मेदवारी दर्ता गराएको अवस्थामा आफ्नो उम्मेदवारीलाई निष्कृय गर्दै पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको जनाएको हो। कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले छोटो ...
: नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका छन्। सोमबार साँझ धनगढी विमानस्थलमा ओर्लिएलगत्तै स्थानीय नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा उनको स्वागत भएको थियो। लेखकको पक्षमा नेता–कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए। विमानस्थलबाट सिधै महेन्द्रनगरस्थित निवास पुगेका लेखकले कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीतिमा छलफल सुरु गरेका छन्। निवासमा भेट्न पुगेका नेता–कार्यकर्तालाई लेखकले ...
: सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम गर्नका लागि सचिव चन्द्रकला पौडेललाई तोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम