मुख्य समाचार
दक्षिण कोरियाबाट आयात हुने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा
दक्षिण कोरियाबाट आयात हुने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने ट्यारिफ २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन् ।

कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा लाग्ने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा छ ।


उनले यो जानकारी सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ’ मार्फत् दिएका छन् ।

ट्रम्पले यसलाई ‘रेसिप्रोकल ट्यारिफ’ भनेका छन् । कुनै देशले अमेरिकी सामानमा बढी आयात शुल्क लगाउँछ भने अमेरिकाले पनि त्यस देशबाट आउने वस्तुमा बढी आयात शुल्क अर्थात् ट्यारिफ लगाउने नीति नै ‘रेसिप्रोकल ट्यारिफ’ हो ।


दक्षिण कोरियाले गत वर्ष भएको व्यापार सम्झौतामा ‘ठीकसँग कार्यान्वयन नगरेको’ आरोप लगाउँदै ट्रम्पले ट्यारिफ वृद्धिको घोषणा गरेका हुन् ।

ट्रम्पका अनुसार दक्षिण कोरियाको संसदले उक्त सम्झौतामा अनुमोदन दिन ढिलाइ गरेको छ । अमेरिकाले भने सम्झौताअनुसार आफ्ना ट्यारिफ छिटो घटाइसकेको ट्रम्पको भनाइ छ ।

यता, दक्षिण कोरियाले भने ट्यारिफ बढाउने अमेरिकी निर्णयबारे आफूलाई कुनै आधिकारिक जानकारी नआएको जनाएको छ ।

साथै, यस विषयमा अमेरिकासँग तत्काल वार्ता गर्नुपर्ने धारणा दक्षिण कोरियाको रहेको बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाबाट अमेरिकाले मुख्यत: औद्योगिक र उच्च प्रविधिका सामान आयात गर्छ । खासगरी कार र अटो पार्ट्स (हुन्डाई, किआजस्ता ब्रान्डका गाडी र त्यसका पार्ट्स)हरु प्रमुख छन् ।

साथै सेमिकन्डक्टर (चिप), मोबाइल फोन, टिभी, डिस्प्ले प्यानल, भारी मेसिन, प्लास्टिक, रासायनिक कच्चा पदार्थ, स्टिल शीट, पाइप, अन्य धातुजन्य सामग्री, केही औषधि, मेडिकल टेक्नोलोजीका उपकरण, जहाज तथा समुद्री उपकरण, लिथियम ब्याट्री र इलेक्ट्रिक गाडीका कम्पोनेन्टहरु अमेरिकाले दक्षिण कोरियाबाट आयात गर्ने प्रमुख सामानमा पर्दछन् ।

यी क्षेत्रमा ट्यारिफ बढ्दा दुवै देशका उद्योग र उपभोक्तामा प्रत्यक्ष असर पर्न सक्ने आँकलन छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम