मुख्य समाचार
निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र
निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र

। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ ।

कांग्रेसले उक्त क्षेत्रमा विनोद चौधरीलाई उम्मेदवार बनाएको छ ।


सोमबार बर्दघाटमा आयोजित अगुवा कार्यकर्ता भेलाले निर्वाचन क्षेत्रका सबै तह र तप्कालाई समेट्ने गरी क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ ।

यसैगरी क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय ‘क्षेत्रीय चुनाव प्रचार प्रसार समिति’ गठन गरिएको हो ।


समितिले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै ‘घर–दैलो’ अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ । क्षेत्रीय समिति मातहत रहने गरी प्रत्येक वडा र टोलमा समेत उप–समितिहरू गठन गरिनेछ ।

उम्मेदवार विनोद चौधरीले विगत तीन वर्षमा आफूले यस क्षेत्रको विकासका लागि राखेको जग र आगामी योजनालाई जनतामाझ लैजाने तयारी गरिएको बताएका छन् ।

‘हामी केवल चुनाव जित्नका लागि मात्र होइन, नवलपरासीको आर्थिक रूपान्तरण र समृद्धिका लागि मैदानमा छौं । हरेक कार्यकर्ताले आफूलाई उम्मेदवार सम्झेर जनताको घरदैलोमा पुग्न आवश्यक छ,’ समितिका संयोजक आचार्यले बताए ।

पर्टीका केन्द्रीय सदस्य राधेश्याम पाठक, प्रदेश सांसद बिश्वप्रेम पाठक, कांग्रेस कावा सभापति बिक्रम यादव, उपाध्यक्ष अनिल गौण, सचिव उमेश यादव, कुलदीप आचार्य लगायतका नेताहरूले बिनोद चौधरी जस्तो उम्मेदवार नवलपरासीले पाउनु गर्वको विषय भएको बताए ।

यसअघि २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित चौधरी यसपटक पुन: भारी मतका साथ विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानमा नेपाली प्रशिक्षार्थी कामदार पठाउँदा झेल्नुपर्ने झन्झटिलो प्रक्रिया खारेज गर्नेसम्बन्धी प्रस्ताव १ महिनादेखि गायव पारिएको छ। जापानले भिसा दिँदा पनि कामदारलाई अनावश्यक परीक्षा पार गर्नुपर्ने र थप शुल्क लिनेसम्बन्धी निर्देशिका खारेजीको प्रस्ताव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पुगेको थियो। गत पुस ११ गते बसेको मन्त्रिपरिषद्को बैठकमा उक्त निर्देशिका खारेज गर्नेबारे छलफल ...
: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फेक रेस्क्यु प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी छन्। पक्राउ परेका जयराम र विवेक माउन्टेन रेस्क्यु सर्भिसका, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति ...
: गृह मन्त्रालयले निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको पाइएमा कारबाही गरिने जनाएको छ। मन्त्रालय आज विज्ञप्ति जारी गरेर निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा उल्लेख भएको प्रावधान उल्लंघन गरेको पाइएमा कारबाही हुने जनाएको हो। उक्त बुँदामा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली ...
। खाडी मुलुक साउदी अरबसँग कूटनीतिक सम्बन्ध कायम भएको ४८ वर्षपछि श्रम सम्झौता भएको छ । आइतबार राति नेपाल र साउदीबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो । साउदीको रियादमा साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्य सहित श्रमिक भर्नासम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा ...
। त्रिभुव विश्वविद्यालय (त्रिवि) को केन्द्रीय कार्यालयमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ। त्रिविअन्तर्गत मानविकी तथा समाजशास्त्र संकायका विभिन्न विभागहरूमा शुल्क समायोजन गर्न माग अखिल क्रान्तिकारीले गरेको तालाबन्दी त्रिवि प्रशासनले सहमतिबेगर ताला खुलाएको थियो। सहमतिविना ताला खोलेको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनले सोमबार साँझ त्रिविको केन्द्रीय कार्यालयमा मसाल जुलुस गरेको हो । उनीहरूले त्रिविका उपकुलपति, रेक्टर, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम