। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता हित विपरीत कार्य गर्ने काठमाडौंको एक फर्मलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले आइतबार गरेको अनुगमन क्रममा काठमाडौं महानगरपालिका–४ स्थित काटर्स इन्टरप्राइजेज प्रालिलाई उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरेको भेटिएपछि कारबाही स्वरूप जरिबाना गरेको हो ।
विभागका अनुसार काटर्स इन्टरप्राइजेजले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० (२) र दफा ३८ (ट) बमोजिमको कसुर गरेको पाइएको थियो ।
जरिबानामा परेको फर्मबाहेक आइतबार नै अनुगमन गरिएका अन्य १६ व्यावसायिक फर्मलाई भने विभागले सामान्य निर्देशन दिएको छ ।