मुख्य समाचार
महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन्
महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन्

। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं–१ बाट एक, क्षेत्र नं–२ बाट एक, क्षेत्र नं–३ बाट दुई र क्षेत्र नं–४ बाट तीन पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् ।

जिल्लाको क्षेत्र नं १ बाट पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट चुनाव लड्दै छन् । उनीसँगै यस क्षेत्रमा नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो र नेपाली कांग्रेसका मुकेश काफ्ले चुनावी मैदानमा छन् ।


त्यस्तै क्षेत्र नं २ बाट पूर्वश्रम रोजगार तथा यातायातमन्त्री शरत्सिंह भण्डारी जनता समाजवादी पार्टी नेपालबाट चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी पूर्वसांसद किरण यादव र नेकपा (एमाले) का कासिम नदाफ पनि प्रतिस्पर्धा गर्दै छन् ।

त्यस्तै क्षेत्र नं–३ बाट पूर्वकृषिमन्त्री हरिनारायण यादव र पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान चुनावी मैदानमा छन् । यादवलाई जसपा नेपालले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो भने रिजवानले नेपाल सङ्घीय समाजवादी पार्टीबाट चुनावी मैदानमा छन् ।


सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार रामआधार कापर, नेपाली कांग्रेसका बजरङ्ग नेपाली, जसपा नेपालकी मिनाक्षी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वलकुमार झा र नेकपा (एमाले) का मनोजकुमार सिंहसँग प्रतिस्पर्धा गर्दै छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ४ बाट पूर्वकृषिमन्त्री महेन्द्रकुमार राय, पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव र पूर्व प्रदेश गृहमन्त्री भरतप्रसाद साह चुनावी मैदानमा रहेका छन् ।

पूर्वमन्त्री महेन्द्रकुमारले नेपाली कांग्रेसबाट, डा सुरेन्द्र जसपा नेपालबाट र भरतप्रसाद नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चुनाव लड्दै छन् । यस क्षेत्रबाट एमालेका उम्मेदवार निलम अधिकारी पनि चुनावी मैदानमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । आइतबार नै जनकपुर पुगेका उनले सोमबार साँझ जानकी मन्दिरमा पूजाआजा गरेका हुन् । जानकी मन्दिरमा पूर्वराजा शाहलाई मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए । त्यस्तै शाहका समर्थकहरू पनि मन्दिर परिसरमै पुगेका थिए । शाहले जनकपुरमा समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
। वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर सर्बिया पठाउने भन्दै २ लाख ५० हजार ठगी गरेको आरोपमा समातिएका छन् । त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद ...
। दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छभने अन्य दुई जना गम्भीर घाइते भएका छन् । महावु गाउँपालिका–५ कुटीमा सोमबार दिउँसो आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । दिउँसो करिब १२ः०० बजेतिर भएको उक्त आक्रमणपछि सिंहको हेलिकप्टरमार्फत उद्धारका लागि पहल ...
। चोरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–७ छतिवन घर भएका २५ वर्षीय ब्रिजन तामाङ र सोही ठाउँका २३ वर्षीय युनिक तामाङ छन् । उनीहरुलाई आइतबार ललितपुरको बागमती गाउँपालिका–३ कान्तिलोकपथबाट प्रहरी चौकी भट्टेडाँडाको टोलीले पक्राउ गरेको हो । प्रहरीले चेक गर्ने क्रममा मोटरसाइकल नरोकी उनीहरु फरार भएका थिए । त्यसपछि ...
। बिजनेस (व्यावसायिक) भिसामा १३ पटकसम्म नेपाल आएका एक चिनियाँ नागरिक अवैध रूपमा १३ वर्षदेखि नेपालमा बसोबास गरेको भेटिएको छ । अध्यागमन विभागले चिनियाँ नागरिक झाउ साओगाङलाई ठमेल पकनाजोलबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिजनेस भिसामा नेपाल आए पनि कुनै कुनै व्यापार, व्यवसाय नगरी बसोबास गर्दै आएको खुलेको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ती चिनियाँ नागरिकले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम