मुख्य समाचार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनलाई केवल राजस्व उठाउने निकायको रूपमा मात्र सीमित राख्न नहुने बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनलाई केवल राजस्व उठाउने निकायको रूपमा मात्र सीमित राख्न नहुने बताएका छन् ।

। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनलाई केवल राजस्व उठाउने निकायको रूपमा मात्र सीमित राख्न नहुने बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सीमा नाकाको सुरक्षा, व्यापार सहजीकरण, जनस्वास्थ्य प्रवद्र्धन तथा आपूर्ति श्रृङ्खलालाई व्यवस्थित बनाउने महत्वपूर्ण निकायका रूपमा भन्सार प्रशासनलाई लिनुपर्ने बताए ।


सचिव घिमिरेले हाल भन्सार सुधार तथा आधुनिकीकरण रणनीति तयार हुँदै गरेको बताउँदै वार्षिक कार्यक्रम र माइलस्टोनमा बढी फोकस हुँदा दीर्घकालीन आधुनिकीकरण र रणनीतिमा कम ध्यान गएको जस्तो देखिएको टिप्पणी गरे । वार्षिक कार्यक्रम र माइलस्टोनका साथसाथै नयाँ रणनीति तर्जुमा गर्नुपर्ने उनले बताए ।

सचिव घिमिरेले भने, ‘भन्सार प्रशासन भनेको केबल राजस्व उठाउने निकाय होइन । बोर्डरको नाका सुरक्षा, व्यापारको सहजिकरण, जनस्वास्थ्यको प्रवद्र्धन गर्ने, आपूर्ति श्रृङ्खलालाई व्यवस्थित बनाउने महत्त्वपूर्ण निकाय हो । भन्सार सुधार तथा आधुनिकिकरण रणनीति बन्दैछ । वार्षिक कार्यक्रम र माइलस्टोनमा बढी फोकस हुँदा आधुनिकिकरण र रणनीतिमा अलि कम ध्यान दिएको हो कि जस्तो देखिन्छ । वार्षिक कार्यक्रम र माइलस्टोनका साथसाथै नयाँ रणनीति तर्जुमा गर्नुपर्छ ।’


सचिव घिमिरेले भन्सार ऐनअनुसार नै प्रशासन सजग रहनुपर्ने र निजी क्षेत्र पनि सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । घिमिरेकाअनुसार अब जाँचपास प्रक्रियामा अब ढिलाइ गर्न हुँदैन भने व्यवसायीहरुले पनि भन्सार ऐन मिच्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । आइतबार नै जनकपुर पुगेका उनले सोमबार साँझ जानकी मन्दिरमा पूजाआजा गरेका हुन् । जानकी मन्दिरमा पूर्वराजा शाहलाई मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए । त्यस्तै शाहका समर्थकहरू पनि मन्दिर परिसरमै पुगेका थिए । शाहले जनकपुरमा समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
। वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर सर्बिया पठाउने भन्दै २ लाख ५० हजार ठगी गरेको आरोपमा समातिएका छन् । त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद ...
। दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छभने अन्य दुई जना गम्भीर घाइते भएका छन् । महावु गाउँपालिका–५ कुटीमा सोमबार दिउँसो आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । दिउँसो करिब १२ः०० बजेतिर भएको उक्त आक्रमणपछि सिंहको हेलिकप्टरमार्फत उद्धारका लागि पहल ...
। चोरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–७ छतिवन घर भएका २५ वर्षीय ब्रिजन तामाङ र सोही ठाउँका २३ वर्षीय युनिक तामाङ छन् । उनीहरुलाई आइतबार ललितपुरको बागमती गाउँपालिका–३ कान्तिलोकपथबाट प्रहरी चौकी भट्टेडाँडाको टोलीले पक्राउ गरेको हो । प्रहरीले चेक गर्ने क्रममा मोटरसाइकल नरोकी उनीहरु फरार भएका थिए । त्यसपछि ...
। बिजनेस (व्यावसायिक) भिसामा १३ पटकसम्म नेपाल आएका एक चिनियाँ नागरिक अवैध रूपमा १३ वर्षदेखि नेपालमा बसोबास गरेको भेटिएको छ । अध्यागमन विभागले चिनियाँ नागरिक झाउ साओगाङलाई ठमेल पकनाजोलबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिजनेस भिसामा नेपाल आए पनि कुनै कुनै व्यापार, व्यवसाय नगरी बसोबास गर्दै आएको खुलेको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ती चिनियाँ नागरिकले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम