। मकवानपुरको इन्द्रसरोवर तालमा मिनरल वाटर बोकेको गाडी खसेको छ ।
इन्द्रसरोवर गाउँपालिका-१ मार्खुचौरस्थित मार्खु-कलंकी सडक खण्डमा कंलकीबाट मार्खु तर्फ आउँदै गरेको बा३ख ३९५४ नं. को मिनरल वाटर (खानेपानी) बोकेको आइचर गाडी तालमा खसेको हो ।
रोकेर पानी झार्ने क्रममा अचानक अगाडि बढ्दा सडकबाट अन्दाजी १५ मिटर तल इन्द्रसरोवर तालमा गाडी खसेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोस्ट मार्खुबाट खटिएको टोली घटनास्थल पुगेको र गाडी निकाल्नका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
गाडी मालिक ललितपुरको ललितपुर नगरपालिका-११ शङ्खमुलका दिगज आमत्य, चालक गोरखा सुलीगढ गाउँपालिका-१ का २१ वर्षीय सुजन परियार र सहचालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका-३ का १८ वर्षीय सुजन जिम्बा सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।