मुख्य समाचार
गुल्मीको रेसुङ्गा नगरपालिकाले अटो तथा विद्युतीय रिक्साको भाडादर र रुट निर्धारण
गुल्मीको रेसुङ्गा नगरपालिकाले अटो तथा विद्युतीय रिक्साको भाडादर र रुट निर्धारण

। गुल्मीको रेसुङ्गा नगरपालिकाले अटो तथा विद्युतीय रिक्साको भाडादर र रुट निर्धारण गरेको छ ।

रेसुङ्गा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुने अटो तथा विद्युतीय रिक्सा (ई–रिक्सा) को भाडादर र रुट निर्धारण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताए ।


ट्राफिक व्यवस्थापन, यात्रु सुरक्षालाई सुनिश्चित गर्न तथा सेवामा एकरूपता ल्याउने उद्देश्यले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि–२०८२ बमोजिम भाडादर र रुट निर्धारण गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनाअनुसार तम्घास बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ दुनीखोला, खानिगाउँ, पश्चिमतर्फ भुजेलखर्क, आदर्श चोक, उत्तरतर्फ बोख्रेछेडा, धागिथुम, उदिनढुङ्गा बेरियल र दक्षिणतर्फ उपल्लो तम्घास देउराली क्षेत्रसम्म प्रति व्यक्ति भाडा रु. ५० तोकिएको छ । सोही क्षेत्रमा रिजर्भ सेवाका लागि रु. १०० भाडादर कायम गरिएको छ ।


तोकिएका स्टेशनभन्दा बाहिर यात्रा गर्दा कच्ची सडकमा प्रति किलोमिटर रु. ६० र पक्की सडकमा प्रति किलोमिटर रु. ५० भाडा निर्धारण गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले बताए । तोकिएको समयबाहेक सेवा आवश्यक परेमा रिजर्भ सेवामार्फत मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नगरपालिकाले तोकिएको भाडादरभन्दा बढी भाडा लिएको वा नियमविपरीत सेवा सञ्चालन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ ।

यात्रुहरूलाई पनि तोकिएको भाडादरअनुसार मात्र सेवा लिन र कुनै गुनासो भए नगरपालिकामा जानकारी गराउन आग्रह गरिएको छ ।

नगरपालिकाका अनुसार अटो तथा ई–रिक्सा सेवा बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म नियमित रूपमा सञ्चालन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । आइतबार नै जनकपुर पुगेका उनले सोमबार साँझ जानकी मन्दिरमा पूजाआजा गरेका हुन् । जानकी मन्दिरमा पूर्वराजा शाहलाई मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए । त्यस्तै शाहका समर्थकहरू पनि मन्दिर परिसरमै पुगेका थिए । शाहले जनकपुरमा समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
। वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर सर्बिया पठाउने भन्दै २ लाख ५० हजार ठगी गरेको आरोपमा समातिएका छन् । त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद ...
। दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छभने अन्य दुई जना गम्भीर घाइते भएका छन् । महावु गाउँपालिका–५ कुटीमा सोमबार दिउँसो आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । दिउँसो करिब १२ः०० बजेतिर भएको उक्त आक्रमणपछि सिंहको हेलिकप्टरमार्फत उद्धारका लागि पहल ...
। चोरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–७ छतिवन घर भएका २५ वर्षीय ब्रिजन तामाङ र सोही ठाउँका २३ वर्षीय युनिक तामाङ छन् । उनीहरुलाई आइतबार ललितपुरको बागमती गाउँपालिका–३ कान्तिलोकपथबाट प्रहरी चौकी भट्टेडाँडाको टोलीले पक्राउ गरेको हो । प्रहरीले चेक गर्ने क्रममा मोटरसाइकल नरोकी उनीहरु फरार भएका थिए । त्यसपछि ...
। बिजनेस (व्यावसायिक) भिसामा १३ पटकसम्म नेपाल आएका एक चिनियाँ नागरिक अवैध रूपमा १३ वर्षदेखि नेपालमा बसोबास गरेको भेटिएको छ । अध्यागमन विभागले चिनियाँ नागरिक झाउ साओगाङलाई ठमेल पकनाजोलबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिजनेस भिसामा नेपाल आए पनि कुनै कुनै व्यापार, व्यवसाय नगरी बसोबास गर्दै आएको खुलेको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ती चिनियाँ नागरिकले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम