मुख्य समाचार
आयोग कर्मचारीलाई चुनावको चटारो
आयोग कर्मचारीलाई चुनावको चटारो

। प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । उम्मेदवारी दर्तासँगै राजनीतिक दलहरू चुनावी प्रचारप्रसारमा जुटिसकेका छन् । निर्वाचन आयोग पनि २१ फागुनमा हुने निर्वाचनका लागि आवश्यक तयारीमा जुटिरहेको छ ।

आयोगले निर्वाचनको समयमा कुनै समस्या आए तत्काल समाधान गर्न सकिने गरी आइतबार संयुक्त निर्वाचन सञ्चालन केन्द समेत सञ्चालनमा ल्याइसकेको छ । सो केन्द्रले आवश्यक सूचना लिने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने आयोगको भनाइ छ ।


आयोगले निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरू धमाधम छापिरहेको छ । छापिएका मतदाता नामावली लगायतका सामग्रीहरू मिलाउने, पोका पार्ने र पोका पारेका सामग्रीहरू विभिन्न जिल्लाहरूमा पठाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चोरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–७ छतिवन घर भएका २५ वर्षीय ब्रिजन तामाङ र सोही ठाउँका २३ वर्षीय युनिक तामाङ छन् । उनीहरुलाई आइतबार ललितपुरको बागमती गाउँपालिका–३ कान्तिलोकपथबाट प्रहरी चौकी भट्टेडाँडाको टोलीले पक्राउ गरेको हो । प्रहरीले चेक गर्ने क्रममा मोटरसाइकल नरोकी उनीहरु फरार भएका थिए । त्यसपछि ...
। बिजनेस (व्यावसायिक) भिसामा १३ पटकसम्म नेपाल आएका एक चिनियाँ नागरिक अवैध रूपमा १३ वर्षदेखि नेपालमा बसोबास गरेको भेटिएको छ । अध्यागमन विभागले चिनियाँ नागरिक झाउ साओगाङलाई ठमेल पकनाजोलबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिजनेस भिसामा नेपाल आए पनि कुनै कुनै व्यापार, व्यवसाय नगरी बसोबास गर्दै आएको खुलेको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ती चिनियाँ नागरिकले ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता हित विपरीत कार्य गर्ने काठमाडौंको एक फर्मलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागले आइतबार गरेको अनुगमन क्रममा काठमाडौं महानगरपालिका–४ स्थित काटर्स इन्टरप्राइजेज प्रालिलाई उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरेको भेटिएपछि कारबाही स्वरूप जरिबाना गरेको हो । विभागका अनुसार काटर्स इन्टरप्राइजेजले उपभोक्ता संरक्षण ऐन २०७५ को ...
। राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनुगमन गर्ने कार्य शर्तहरु रहने गरी कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको हो । आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको लागि १० वटा कार्य शर्तहरू समेत तय गरेको छ । यस्ता ...
। सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचन सुरक्षामा कमी कमजोरी हुन नदिन मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । विभिन्न कार्यालयहरूमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरूलाई निर्देशन दिने क्रममा महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन आग्रह गरे । महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारवाहीलाई तीव्र रुपमा कार्यान्वयन गर्दै भयरहित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम