मुख्य समाचार
कांग्रेसले मातहतका पार्टी संरचनालाई परिपत्र गरी राष्ट्रिय झन्डा प्रयोग गर्दा ध्यान पुर्‍याउन अनुरोध
कांग्रेसले मातहतका पार्टी संरचनालाई परिपत्र गरी राष्ट्रिय झन्डा प्रयोग गर्दा ध्यान पुर्‍याउन अनुरोध

। नेपाली कांग्रेसले मातहतका पार्टी संरचनालाई परिपत्र गरी राष्ट्रिय झन्डा प्रयोग गर्दा ध्यान पुर्‍याउन अनुरोध गरेको छ ।

निर्वाचन परिचालन समितिका प्रमुख समेत रहेका उपसभापति विश्वप्रकाश शर्माले सात प्रदेश, जिल्ला, निर्वाचन क्षेत्रलाई परिपत्र गरेर राष्ट्रिय झन्डा ध्यान पुर्‍याउन अनुरोध गरेका हुन् । निर्वाचन आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटाभन्दा बढी राष्ट्रिय झन्डा चुनाव प्रचार अभियानमा प्रयोग नगर्न परिपत्रमा भनिएको छ ।


उपसभापति शर्माले राष्ट्रिय झन्डालाई व्यक्तिको शिर भन्दा माथि हुने गरी सम्मानपूर्वक फहराउन परिपत्रमा निर्देशन दिएका छन् । ‘उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झन्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता अनि सम्मान र संस्कार दुवै दृष्टिले गलत हुन्छ । त्यस्तो विल्कुलै नगर्ने/गर्न नदिने’ परिपत्र मार्फत भनिएको छ ।

उम्मेदवार वा प्रचारक कसैको पनि राष्ट्रिय झन्डालाई पाखुरा, कम्मर, घाँटीमा ज्याकेट वा मफलर जस्तो बनाएर बेर्ने कार्य नगर्न कांग्रेसले सुझाव दिएको छ । उपसभापति शर्माले परिपत्रमा भनेका छन्, ‘यसो गर्दा झन्डाको सम्मान होइन अपमान हुन्छ, यस्तो विल्कुलै नगर्ने/गर्न नदिने ।’

चुनावी कार्यक्रम स्थलमा, प्रचार कार्यालयमा या कुनै सवारी साधनमा राष्ट्रिय झन्डा पार्टीको झन्डाभन्दा माथि राखेर फहराउन पार्टी पङ्क्तिलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छभने अन्य दुई जना गम्भीर घाइते भएका छन् । महावु गाउँपालिका–५ कुटीमा सोमबार दिउँसो आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । दिउँसो करिब १२ः०० बजेतिर भएको उक्त आक्रमणपछि सिंहको हेलिकप्टरमार्फत उद्धारका लागि पहल ...
। चोरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–७ छतिवन घर भएका २५ वर्षीय ब्रिजन तामाङ र सोही ठाउँका २३ वर्षीय युनिक तामाङ छन् । उनीहरुलाई आइतबार ललितपुरको बागमती गाउँपालिका–३ कान्तिलोकपथबाट प्रहरी चौकी भट्टेडाँडाको टोलीले पक्राउ गरेको हो । प्रहरीले चेक गर्ने क्रममा मोटरसाइकल नरोकी उनीहरु फरार भएका थिए । त्यसपछि ...
। बिजनेस (व्यावसायिक) भिसामा १३ पटकसम्म नेपाल आएका एक चिनियाँ नागरिक अवैध रूपमा १३ वर्षदेखि नेपालमा बसोबास गरेको भेटिएको छ । अध्यागमन विभागले चिनियाँ नागरिक झाउ साओगाङलाई ठमेल पकनाजोलबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिजनेस भिसामा नेपाल आए पनि कुनै कुनै व्यापार, व्यवसाय नगरी बसोबास गर्दै आएको खुलेको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ती चिनियाँ नागरिकले ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता हित विपरीत कार्य गर्ने काठमाडौंको एक फर्मलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागले आइतबार गरेको अनुगमन क्रममा काठमाडौं महानगरपालिका–४ स्थित काटर्स इन्टरप्राइजेज प्रालिलाई उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरेको भेटिएपछि कारबाही स्वरूप जरिबाना गरेको हो । विभागका अनुसार काटर्स इन्टरप्राइजेजले उपभोक्ता संरक्षण ऐन २०७५ को ...
। राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनुगमन गर्ने कार्य शर्तहरु रहने गरी कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको हो । आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको लागि १० वटा कार्य शर्तहरू समेत तय गरेको छ । यस्ता ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम