मुख्य समाचार
गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा
गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा आइपुगेका छन् । थापा सोमबार दिउँसो काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका हुन् ।

पार्टीले प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरिसकेको थापालाई पुर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाही–रौतहट सीमामा पर्ने बागमती कर्मैयामा नेता कार्यकर्ताले स्वागत गरे ।

स्वागतपछि थापा मुर्तियास्थित मुक्तेश्वर मन्दिर दर्शन गरेर निर्वाचन क्षेत्र नम्बर–४ तर्फ प्रस्थान गरेका हुन् ।

पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेश झरेका थापालाई मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, स्वास्थ्य मन्त्री जंगीलाल राय, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, जिल्ला सभापति डा. सरोज कुमार लगायतका हजारौंको संख्यामा नेता कार्यकर्ता भव्य स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर सर्बिया पठाउने भन्दै २ लाख ५० हजार ठगी गरेको आरोपमा समातिएका छन् । त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद ...
। दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छभने अन्य दुई जना गम्भीर घाइते भएका छन् । महावु गाउँपालिका–५ कुटीमा सोमबार दिउँसो आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । दिउँसो करिब १२ः०० बजेतिर भएको उक्त आक्रमणपछि सिंहको हेलिकप्टरमार्फत उद्धारका लागि पहल ...
। चोरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–७ छतिवन घर भएका २५ वर्षीय ब्रिजन तामाङ र सोही ठाउँका २३ वर्षीय युनिक तामाङ छन् । उनीहरुलाई आइतबार ललितपुरको बागमती गाउँपालिका–३ कान्तिलोकपथबाट प्रहरी चौकी भट्टेडाँडाको टोलीले पक्राउ गरेको हो । प्रहरीले चेक गर्ने क्रममा मोटरसाइकल नरोकी उनीहरु फरार भएका थिए । त्यसपछि ...
। बिजनेस (व्यावसायिक) भिसामा १३ पटकसम्म नेपाल आएका एक चिनियाँ नागरिक अवैध रूपमा १३ वर्षदेखि नेपालमा बसोबास गरेको भेटिएको छ । अध्यागमन विभागले चिनियाँ नागरिक झाउ साओगाङलाई ठमेल पकनाजोलबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिजनेस भिसामा नेपाल आए पनि कुनै कुनै व्यापार, व्यवसाय नगरी बसोबास गर्दै आएको खुलेको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ती चिनियाँ नागरिकले ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता हित विपरीत कार्य गर्ने काठमाडौंको एक फर्मलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागले आइतबार गरेको अनुगमन क्रममा काठमाडौं महानगरपालिका–४ स्थित काटर्स इन्टरप्राइजेज प्रालिलाई उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरेको भेटिएपछि कारबाही स्वरूप जरिबाना गरेको हो । विभागका अनुसार काटर्स इन्टरप्राइजेजले उपभोक्ता संरक्षण ऐन २०७५ को ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम