मुख्य समाचार
भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई जना विदेशी नागरिकलाई अध्यागमनले नियन्त्रणमा लिएको छ
भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई जना विदेशी नागरिकलाई अध्यागमनले नियन्त्रणमा लिएको छ

। भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई जना विदेशी नागरिकलाई अध्यागमनले नियन्त्रणमा लिएको छ। तीमध्ये एक जना अमेरिका र एक जना चिनियाँ नागरिक छन्।

पक्राउ परेका चिनियाँ नागरिक काठमाडौंको पकनाजोल, ठमेलमा फेमेली पिस होटलमा मासिक २० हजार रुपैयाँ भाडा तिरेर बस्दै आएको पाइएको छ । सन् २०१२ मा पहिलोपटक पर्यटक भिसामा नेपाल प्रवेश गरेको र त्यसपछि पटक-पटक गरी १३ पटक व्यावसायिक भिसा लिएको पनि अनुसन्धानमा खुलेको छ ।


उनले नेपालमा विभिन्न ६ वटा होटेल/व्यावसायिक कम्पनीहरु स्थापना गरेको पाइएको छ । व्यवसायिक भिसा लिने प्रयोजनको लागि मात्र कम्पनी स्थापना गर्ने गरेको तर लगानी र कारोबार भएको पनि देखिएको छैन ।

उनले यान सपिङ होटल एण्ड रेस्टुरेन्ट प्रालि, होल विथ रेस्टुरेन्ट यान, झोँङविन इन्टरनेशनल कार्गो कम्पनी, मोय यीङ होटल विथ रेस्टुरेन्ट, स्प्रिट मंकी इन्फर्मेसन टेक्नोलोजी र शाव जिअसुन होटल विथ रेस्टुरेन्ट दर्ता गरेको पाइएको छ ।

उनले पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बसी विगत ४ वर्षदेखि विभिन्न विद्यालयहरुमा अध्यापन लगायतका कार्यहरु गर्दै आएको पनि अध्यागमनको अनुसन्धानमा खुलेको छ । पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बस्दा विदेशी नागरिकले काम गर्न नपाउने व्यवस्था छ ।

त्यस्तै अमेरिकी नागरिक पनि सन् २०१७ मा पहिलोपटक नेपाल प्रवेश गरेको, बीचमा फर्किएको र सन् २०२० पुनः नेपाल प्रवेश गरी हालसम्म नेपालमै रहेको पाइएको छ ।

उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्यालभरी सर्भिस सेन्टर प्रालि स्थापना गरेको त र ठेनामा भने ललितपुरको सैंबु उल्लेख गरेको पाइएको छ ।

त्यस्तै उनले ललितपुरको गोदावरी नगरपालिकामा घर भाडामा लिई गैर कानुनी रुपमा बालगृह सञ्चालन गरेको पनि पाइएको छ । बालगृहसम्बन्धी आधिकारीक बोर्ड नभएको, उक्त भवनमा आर्थिक अवस्था कमजोर भएका १२ जना वालिकाहरुलाई आश्रय दिएर राखेको र क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा संलग्न गराउने गरेको प्रारम्भित्र अनुसन्धानमा खुलेको छ । उनले उक्त बालगृहको भवनको भित्ताहरुमा क्रिश्चियन धर्मसम्बन्धी सन्देश पेन्ट गरिएको पनि अध्यागमनका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

नेपालमा बस्ने प्रयोजनका लागि मात्र पटक पटक अध्ययन र व्यावसायिक भिसा लिएर बसेको पनि पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर सर्बिया पठाउने भन्दै २ लाख ५० हजार ठगी गरेको आरोपमा समातिएका छन् । त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद ...
। दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छभने अन्य दुई जना गम्भीर घाइते भएका छन् । महावु गाउँपालिका–५ कुटीमा सोमबार दिउँसो आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । दिउँसो करिब १२ः०० बजेतिर भएको उक्त आक्रमणपछि सिंहको हेलिकप्टरमार्फत उद्धारका लागि पहल ...
। चोरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–७ छतिवन घर भएका २५ वर्षीय ब्रिजन तामाङ र सोही ठाउँका २३ वर्षीय युनिक तामाङ छन् । उनीहरुलाई आइतबार ललितपुरको बागमती गाउँपालिका–३ कान्तिलोकपथबाट प्रहरी चौकी भट्टेडाँडाको टोलीले पक्राउ गरेको हो । प्रहरीले चेक गर्ने क्रममा मोटरसाइकल नरोकी उनीहरु फरार भएका थिए । त्यसपछि ...
। बिजनेस (व्यावसायिक) भिसामा १३ पटकसम्म नेपाल आएका एक चिनियाँ नागरिक अवैध रूपमा १३ वर्षदेखि नेपालमा बसोबास गरेको भेटिएको छ । अध्यागमन विभागले चिनियाँ नागरिक झाउ साओगाङलाई ठमेल पकनाजोलबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिजनेस भिसामा नेपाल आए पनि कुनै कुनै व्यापार, व्यवसाय नगरी बसोबास गर्दै आएको खुलेको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ती चिनियाँ नागरिकले ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता हित विपरीत कार्य गर्ने काठमाडौंको एक फर्मलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागले आइतबार गरेको अनुगमन क्रममा काठमाडौं महानगरपालिका–४ स्थित काटर्स इन्टरप्राइजेज प्रालिलाई उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरेको भेटिएपछि कारबाही स्वरूप जरिबाना गरेको हो । विभागका अनुसार काटर्स इन्टरप्राइजेजले उपभोक्ता संरक्षण ऐन २०७५ को ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम