मुख्य समाचार
नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ
नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ

। नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्‍ने सम्भावना समाप्त भएको हो।


१४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ६८ रनमा ९ विकेट गुमाएको अवस्थामा इनिङ सकियो । कप्तान इन्दु बर्माले चोटका कारण बीचमै मैदान छाडिन् ।

सातौं ओभरको चौथो बलमा इन्दु चोटग्रस्त भएपछि मैदान छाडेकी थिइन् । उनी पछि मैदानमा फर्कन सकिनन् ।


नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ रन बनाए । रुबिना क्षेत्रीले १० रन बनाइन् ।

स्कटल्यान्डका लागि अब्ताहा मकसुदले ३ विकेट लिइन् । कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले २-२ तथा ओलिभिया बेल र रचेल स्लेटरले १-१ विकेट लिए ।

बलिङमा नेपालको शानदार सुरुवात, फिनिसिङमा चुक्यो

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।



नेपालले बलिङमा शानदार सुरुवात गरेको भएपनि फिनिसिङमा राम्रो हुन सकेको थिएन । पावरप्लेमै ३ विकेट लिएको नेपालले स्कटल्यान्डलाई ७९-६ को अवस्थामा पुर्‍याएको भएपनि स्कटल्यान्डले ब्याटिङमा पुनरागमन गर्‍यो ।

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् ।

नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले १-१ विकेट लिए ।

नेपालले यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुँदा जिम्बाबेलाई हराएको थियो । एक जित मात्र निकालेको नेपाल २ अंकमा सीमित भयो ।

६ वटै टोलीको टुङ्गो लाग्यो

आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्ने ६ वटै टोलीको टुङ्गो लागेको छ ।

आजको नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।

समूह ए मा पपुवा न्यु गिनीलाई ५ विकेटले हराएपछि अमेरिका पनि सुपर सिक्समा पुगेको छ । समूह ए बाट बंगलादेशसँगै आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेको हो ।

सुपर सिक्सबाट शीर्ष चार टिमले आगामी जुनमा इंग्ल्याण्डमा हुने महिला टी२० विश्वकपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकपको समूह चरणका खेलअघि नेपाली क्रिकेट टोलीले यूएई र क्यानडासँग वार्म अप खेल खेल्ने भएको छ । समाचार संस्था सिजार स्पोर्ट्स ग्लोबलमा उल्लेख भएअनुसार नेपालले यूएईसँग फेब्रुअरी ३ मा क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्नेछ । त्यसअघि नेपाली टोलीले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल खेल्ने तालिका छ । टी-२० ...
। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा आर्मी सशस्त्र प्रहरी बल एपीएफसँग ३–० को सोझो सेटमा पराजित भयो । आर्मी पहिलो खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र दोस्रो खेलमा नेपाल पुलिस ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचन समितिले अन्तरिम आदेश रद्द गरिपाउँ भन्दै दायर गरेको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ प्रक्रिया अघि बढाइएको छ। यसअघि गत माघ ४ गते पाटन उच्च अदालतले एन्फाको निर्वाचन प्रक्रिया रोक्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेशको विरुद्धमा एन्फा निर्वाचन समितिले दायर गरेको रिटमाथि सुनुवाइ भएको हो । न्यायाधीशद्वय ...
चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा आइतबार जावलाखेल युथ क्लबलाई ३-० ले पराजित
। माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले आइतबार समूह विभाजन सार्वजनिक गरेको हो । नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् । प्रतियोगिता आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुँदैछ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम