मुख्य समाचार
इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

। सुर्खेतको वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा आज कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।


उनका अनुसार सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको भे.६ प.३३२१ नंको मोटरसाइकल ठोक्किएको हो ।

घटनास्थलबाट इभी गाडी चालक वीरेन्द्रनगर नगरपालिका–७ का ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण-पूर्वी एसियाको प्रमुख पर्यटन स्रोत बजार थाइल्यान्डमा नेपालको पर्यटन प्रवर्द्धन सशक्त बनाइएको छ । नेपाल पर्यटन बोर्डले बैंककमा सम्पन्न ३१औं ‘थाई इन्टरनेसनल ट्राभल फेयर (टीआईटीएफ) २०२६’ मा सफल सहभागिता जनाएको बताएको छ । जहाँ नेपाली पर्यटनका विविधता र सम्भावना देखाइएको थियो । २२ देखि २५ जनवरीसम्म क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टरमा आयोजित चार दिने पर्यटन मेलामा ...
। धनकुटामा निर्वाचन आचारसंहित उल्लंघन गर्ने एमाले उम्मेदवार राजेन्द्र कुमार राई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको छ । पूर्वमन्त्री समेत रहेका राईले आचारसंहिता विपरित पैसा बाँडेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । राईले मतादातालाई प्रभावित गर्ने गरी धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. १ सफाइटारकी ४५ वर्षिया तीर्थकुमारी राईलाई गत शुक्रबार गाउँमै पुगेर नगदसहित ...
। रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा सोमबार (आज) नेपालगञ्ज पुगेका छन् । झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन पूर्वी पहाडका जिल्लाहरू घुमेर शनिबार काठमाडौं फर्किएका थिए । काठमाडौंमा उनले हिजो (आइतबार) दिनभर राजनीतिक भेटघाट गरेका थिए । त्यसपछि उनी आज सुदूरपश्चिमतर्फ लागेका हुन् । सचिवालयका अनुसार, उनी बाँके, बर्दिया लगायतका क्षेत्र हुँदै सुदूरपश्चिम जाने कार्यतालिका ...
। अर्थ सचिव घनश्याम उपाध्यायले भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् । भन्सार प्रशासन जति वास्तविकतामा आधारित भयो उति नै राजस्वका क्षेत्रहरु परदर्शी बन्दै जाने बताएका हुन् । पछिल्लो सयम भन्सार प्रशासनमा ग्याट मूल्यांकनलाई अनलाइन प्रणालीमा आबद्ध गर्ने काम भएको भन्दै यो भन्सार प्रशासनका लागि ठूलो सुधार भएको उनको भनाइ छ । सोमबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा ...
२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा डोटीमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेदवारहरुको मुख्य एजेण्डा थियो सुदूरपश्चिम प्रदेशको राजधानी डोटीको दिपायल बनाउने, तर भएन ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम