मुख्य समाचार
एन्फा निर्वाचन विवाद : माघ २३ गते अन्तरिम आदेशको विषयमा छलफल हुने
एन्फा निर्वाचन विवाद : माघ २३ गते अन्तरिम आदेशको विषयमा छलफल हुने

। अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचन समितिले अन्तरिम आदेश रद्द गरिपाउँ भन्दै दायर गरेको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ प्रक्रिया अघि बढाइएको छ।

यसअघि गत माघ ४ गते पाटन उच्च अदालतले एन्फाको निर्वाचन प्रक्रिया रोक्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेशको विरुद्धमा एन्फा निर्वाचन समितिले दायर गरेको रिटमाथि सुनुवाइ भएको हो ।


न्यायाधीशद्वय राजुकुमार खतिवडा र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले उक्त अन्तरिम आदेश रद्द गरिपाउँ भन्ने निवेदनमाथि छलफलका लागि विपक्षी पक्षलाई उपस्थित गराउने आदेश दिएको छ।

निवेदक रविन्द्र चन्दको ठेगानामा म्याद तामेल हुन नसकेको तथा मोबाइल सम्पर्क पनि हुन नसकेको भन्दै म्याद फिर्ता आएको अदालतले जनाएको छ। साथै, विराटजंग शाहीलाई पनि उक्त निवेदनको छलफलको सूचना नदिइएको देखिएपछि दुवै जनालाई माघ २३ गते अदालतमा उपस्थित गराउन म्याद तामेल गर्न आदेश दिइएको छ।




यदि व्यक्तिगत रूपमा म्याद तामेल हुन नसकेमा रविन्द्र चन्द र विराटजंग शाही दुवैको हकमा एन्फा कार्यालयमै म्याद तामेल गरिने आदेशमा उल्लेख छ। साथै, विराटजंग शाहीलाई माघ २२ कै तारेखमार्फत जानकारी दिई, रिट निवेदन तथा सम्बन्धित निषेधाज्ञा मुद्दासमेत सोही मितिमा पेशी तोकिएको छ।

पाटन उच्च अदालतको उक्त आदेश आएको पर्सिपल्ट माघ ६ गते एन्फाको निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...