। माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ ।
साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले आइतबार समूह विभाजन सार्वजनिक गरेको हो ।
नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।
प्रतियोगिता आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुँदैछ ।