मुख्य समाचार
माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा
माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा

। माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ ।

साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले आइतबार समूह विभाजन सार्वजनिक गरेको हो ।

नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।

प्रतियोगिता आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलका लागि ४९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । बिहीबार नियुक्त भएका नयाँ प्रशिक्षक गुल्लिएल्मो एरेनाले ४९ जनाको जम्बो टोली घोषणा गरेका हुन् । नेपालले चैत १२ मा दशरथ रंगशालामा हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने छ । यो मैत्रीपूर्ण खेल नेपालले एएफसी एसियन कप लाअ‍ोसविरुद्धको खेलअघि तयारी स्वरुप खेलिने ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनलाई २–० ले नाटकीय रूपमा पराजित गर्दै उपाधिको अझ नजिक पुगेको छ। आर्सनललाई स्थिति अझ सजिलो बनाउन अर्को खेलमा म्यानचेस्टर सिटी वेस्ट ह्यामको हातबाट १–१ को बराबरीमा रोकिएको छ। यी नतिजापछि आर्सनलले शीर्ष स्थानमा नौ अंकको अग्रता लिएको छ र २२ वर्षयता पहिलो पटक लिग जित्ने लगभग निश्चित जस्तै ...
— रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार एल्चेलाई ४–१ ले हराएको छ र शीर्षमा रहेको बार्सिलोनासँगको दूरी एक अंकमा छोट्याएको छ । त्यस जितमा रियलका लागि आर्डा गुलेरले ७० यार्डबाट सनसनीपूर्ण गोल गरेका थिए । अन्य गोल एन्टोनियो रुडिगर, फेडरिको भाल्भारडे र डिन हुइजसेनको नाममा रह्यो । यो जितपछि रियलको ६६ अंक भएको छ । एक ...
— इन्टर मिलानको खराव लय शनिबार पनि कायम रह्यो र इटालीको सिरी ए मा एटलान्टासँग १–१ को बराबरीमा रोकियो । नेपोलीले भने लेचेमाथि २–१ को जित निकालेको छ । सानसिरोमा भएको खेलमा इन्टरले पिओ इस्पासिटोको गोलले अग्रता लिएको थियो । खेलको अन्त्यतिर निकोला क्रास्टिभिचले एटलान्टाका लागि बराबरी गोल फर्काए । युभेन्ट्स भने युडिनेजीमाथि १–० को जित रच्न ...
। अखिल नेपाल फुटबल संघ एन्फाले आगामी चैत ३० गतेदेखि सुरु गर्ने भनिएको शहीद स्मारक ए डिभिजन लिगमा टिम दर्ता गर्न १३ क्लबलाई मात्र पत्र पठाएको छ । ए डिभिजन लिगमा १४ क्लब हुने व्यवस्था रहेपनि एपीएफ एफसी र थ्री स्टार क्लब मध्ये कसलाई ए डिभिजनको मान्यता दिने भन्ने विषय स्पष्ट नहुँदा एन्फाले १३ क्लबलाई मात्र ...