मुख्य समाचार
पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा अहिले पनि फेक रेस्क्यू भएको उजुरी आउनेक्रम जारी रहेको बताए
पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा अहिले पनि फेक रेस्क्यू भएको उजुरी आउनेक्रम जारी रहेको बताए

। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख मनोज केसीले पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा अहिले पनि फेक रेस्क्यू भएको उजुरी आउनेक्रम जारी रहेको बताएका छन् । फेक रेस्क्यूबारे भएको अनुसन्धानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केसीले यसबारे जानकारी गराएका हुन् ।

‘विशेष गरी उच्चहिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकोबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको खबरलाई लिएर सीआईबीले अनुसन्धान सुरु गरेको थियो,’ उनले भने, ‘सुरुमा आर्थिक हिसाबकिताब मात्रै थियो भन्ने थियो सघनरुपमा साढे २ महिनाको अनुसन्धान गर्दा यसका धेरै पाटाहरू खुलेका छन् । छुट्टै कार्यदल बनाएर हामीले काम गर्‍यौँ ।’


विभिन्न विदेशी सञ्चारमाध्यमले ३५ प्रतिशत उद्धार नक्कली हो भन्ने आयो । रेस्क्यूबाहेक अन्य हिसाबले पनि हेलिकप्टर उड्छन् भन्ने आ‍यो । पर्यटनमन्त्रालले पनि छुट्टै समिति बनाएर अनुसन्धान गरेको थियो,’ उनले थप भने, ‘०८२ असोजमा हामीलाई थप उजुरी आएको थियो । अहिले पनि नक्कली उद्धार भइरहेको छ भनेर उजुरी आइरहेको छ ।

‘एउटै रेस्क्युमा पनि धेरै क्लेम गरेको, नक्कली बिलहरू बनाएको कुरा पनि आयो । चार्टर फ्लाइटलाई रेस्क्यूमा कन्भर्ट गरिएको उल्लेख गरेको थियो ।हेलिकप्टरसँगै प्राइभेट अस्पतालबाट यसखाले गतिविधि हुने गरेको देखियो । हेलिकप्टर उडान रेस्क्यूको नाममा अस्वभाविक देखियो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ ।
। नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हाे। सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा ...
। सिरहाको कर्जन्हा नगरपालिका–१०, पर्याकपुर गाउँमा सार्वजनिक जग्गामा बनेको संरचना खाली गराउन प्रहरी पुग्दा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । उक्त ठाउँमा करिब तीन दशकदेखि सो गाउँका अजमुदिन शेखको मृत्यु भएपछि अहिले पूर्व–पश्चिम रामजमार्ग अवरुद्ध भएको छ । सो ठाउँको ऐलानी जग्गामा संरचना बन्न लागेपछि आइतबार दिउँसो प्रहरी खाली गराउनका लागि पुगेको थियो । जिल्ला ...
राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी
। आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । देश चुनावमय बनिसकेको छ । राजनीतिक दल र उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र प्रचार–प्रसारमा व्यस्त छन् । निर्वाचन आयोगका अनुसार यसपालि निर्वाचनमा ३ हजार ४ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र १ जना अन्य समुदायका उम्मेदवार छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम