मुख्य समाचार
अमेरिकामा हिउँआँधी : १० लाख घरमा अन्धकार, १३ जनाको मृत्यु
अमेरिकामा हिउँआँधी : १० लाख घरमा अन्धकार, १३ जनाको मृत्यु

। अमेरिकामा आइतबार आएको भीषण हिम आँधी (हिउँसहितको आँधी) ले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ। करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन् ।

नेशनल वेदर सर्भिस (एनडब्ल्यूएस) का अनुसार यो आँधी करिब ३,२२० किलोमिटर क्षेत्रमा फैलिएको छ। यसबाट करिब २१ करोड अर्थात् दुई-तिहाइ अमेरिकी नागरिक प्रभावित भएका छन्।

‘डेली मेल’ का अनुसार न्युयोर्कसहित देशभर हालसम्म १३ जनाको मृत्यु भइसकेको छ।

‘फ्लाइटअवेयर’ को तथ्याङ्कअनुसार शुक्रबारदेखि हालसम्म ३१,००० भन्दा बढी उडानमा अवरोध पुगेको छ भने १८,००० भन्दा बढी उडान रद्द भएका छन्। आइतबार मात्रै १०,८०० भन्दा बढी उडान रद्द भए। विशेषज्ञहरूका अनुसार उडान रद्द र ढिलाइ हुने समस्या अझै केही दिनसम्म कायमै रहन सक्छ।

विद्युत् आपूर्ति सहज हुन हप्तौँ लाग्न सक्ने

अमेरिकाको टेनेसी राज्य सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ आइतबार दिउँसोसम्म करिब ३.३७ लाख घर र व्यवसायहरू अन्धकारमा थिए। लुइसियाना, मिसिसिपी, केन्टकी, जोर्जिया, अलाबामा र वेस्ट भर्जिनियामा पनि लाखौँ मानिस बिजुलीविहीन छन्।

हिउँ र असिना वर्षाका कारण रुखहरू ढलेका छन् र विद्युत्का तारहरू चुँडिएका छन्। अधिकारीहरूका अनुसार विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु गर्न अझै केही हप्ता लाग्न सक्छ।

तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्‍यो

राष्ट्रपति ट्रम्पले आपत्काल घोषणा गरेसँगै फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले विभिन्न राज्यमा आवश्यक सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू परिचालन गरेको छ। न्युयोर्ककी गभर्नर क्याथी होचुलले राज्यबासीलाई वर्षौँपछिको सबैभन्दा लामो ठन्डी र हिमपातका लागि तयार रहन आग्रह गरेकी छन्।

क्यानडाको सीमा नजिकका इलाकाहरूमा तापक्रम -३७ देखि -४५ डिग्री सेल्सियससम्म पुगेको छ। गभर्नर होचुलले यसलाई ‘हड्डी नै जमाउने’ आर्कटिक आँधीको संज्ञा दिएकी छन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बङ्गलादेशको टेक्सटाइल (कपडा) उद्योग गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। टेक्सटाइल मिल मालिकहरूले सरकारलाई चेतावनी दिँदै यदि जनवरीको अन्त्यसम्ममा धागोको भन्साररहित आयात बन्द नगरिए फेब्रुअरी १ देखि देशभरका मिलहरू बन्द गर्ने घोषणा गरेका छन्। सञ्चारमाध्यमहरूका अनुसार, बङ्गलादेशको वाणिज्य मन्त्रालयले राष्ट्रिय राजस्व बोर्डलाई आयातित धागोमा दिइँदै आएको भन्सार छुट सुविधा खारेज गर्न सिफारिस गरेको छ। मिल मालिकहरूले भारतबाट आउने ...
— युएईको अबुधावीमा रुस, युक्रेन र अमेरिकाबीचको त्रिपक्षीय बैठक सम्पन्न भएको छ । रुसको सरकारी समाचार एजेन्सी तासले अज्ञात स्रोतको हवाला दिदैं ‘केही परिणाम प्राप्त भएको’ जनाएको छ । केही समयपछि युएईमा फेरि बैठक बस्नसक्ने रुसी सञ्चारमाध्यम आरटीले जनाएको छ । युक्रेनी अधिकारीहरुले पनि यस वार्ता सकारात्मक रहेको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले ...
— फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्‍याएका छन् । 'मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु ताकि यो सकेसम्म चाँडो पार गर्न सकियोस्,' उनले बीएफएम टेलिभिजनमा प्रसारण गरिएको आफैंले रेकर्ड गरेको भिडियोमा भनेका छन् । भिडियोमा उनले यसलाई अर्को शैक्षिक सत्र (सेप्टेम्बर) को सुरुदेखि ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई चीनसँगको व्यापार सम्झौता अघि नबढाउन चेतावनी दिएका छन् । व्यापार सम्झौता अघि बढाए क्यानडाबाट अमेरिकामा आउने सामाग्रीमा एक समय प्रतिशत कर लगाउने धम्की उनले दिएका छन् । जवाफमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले स्वदेशी सामान प्रयोग गर्न आव्हान गरेका छन् । ‘हामी क्यानडियन सामाग्री किन्ने छौं । हामी क्यानडालाई बनाउनेछौं,’ ...
— इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् । भारी वर्षापछि शनिबार बिहान २: ३० बजे पश्चिम बाण्डु्ग जिल्लामा पहिरो गएको थियो । यसले धेरै घरमा क्षति पुगेको छ । इन्डोनेशियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) का प्रवक्ताले भने, 'शनिबार विहान पश्चिम जाभा प्रान्तको पश्चिम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम