मुख्य समाचार
बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरूको संस्था ‘ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स’ मा नयाँ नेतृत्व चयन
बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरूको संस्था ‘ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स’ मा नयाँ नेतृत्व चयन

। बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरूको संस्था ‘ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स’ मा नयाँ नेतृत्व चयन भएको छ ।

लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ट्राभल व्यवसायी विराज भट्टको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । भट्ट यसअघि संस्थाको उपाध्यक्ष थिए ।


साधारणसभाले उपाध्यक्षद्वयमा इन्द्र गिरी र कमल पौडेललाई चुनेको छ भने सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा प्रभु न्यौपाने, कृष्ण भट्ट, सन्तोष मण्डल, नाडिया विलियम्स्, अन्जनी फुँयाल, प्रकाश ढुंगाना, अनिल न्यौपाने, दीपक श्रेष्ठ, मोसाद अन्जिज, बीपी खनाल, वसन्त नेपाल, विकास नेपाल र क्याम्पबेल मिचेल चयन भएका छन् । संस्थाको सीईयो स्टिभ बक्ले चुनिएका छन् ।




बीएनसीसी संरक्षक कार्यवाहक राजदूत विपिन दुवाडीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा निवर्तमान कार्यसमितिको सफल कार्यकालप्रति कृतज्ञता व्यक्त गरे ।

उनले बेलायत र नेपालबीच आयात र निर्यात गरि २५० मिलियन पाउण्ड व्यापार भएको तथ्यांक पेस गर्दै एक दशकयता सन् २०१९ मा कुल व्यापार ६०९ मिलियन पाउण्ड रहेको जानकारी दिए ।

उनका भनाइमा सन् २०१५ मा बेलायत नेपाल व्यापार तीनसय मिलियन पाउण्ड बढी थियो। तर, पछिल्ला वर्षहरुमा यो तीनसय मिलियन पाउण्ड भन्दा कम छ ।

कार्यवाहक राजदूत दुवाडीले गत वर्ष सन् २०२५ को ६ महिनामा यूकेबाट नेपाल निर्यात ६८ मिलियन पाउण्ड र आयात १८२ मिलियन पाउण्ड रहेको तथ्यांकसमेत पेस गरे ।

उनले वैदेशिक लगानीका लागि नेपाल उचित गन्तव्य भएको बताए । दूतावासले बीएनसीसीसँग सहकार्य गरि नेपालमा वैदेशिक लगानीका लागि पहल गरिरहेको उनले बताए। बेलायतस्थित नेपाली डायस्पोराले व्यापार तथा लगानीमार्फत देशको समृद्धिमा काम गर्नु कर्तव्य हुनेसमेत उनले बताए ।

नवनिर्वाचित अध्यक्ष भट्टले संस्थाले बेलायतमा रहेका नेपाली व्यवसायीहरुलाई थप समेट्दै नेपालमा लगानी वृद्धिका लागि निरन्तर पहल गर्ने बताए ।

उनले आउँदो अक्टोबर २०२६ मा नेपालमा ट्रेड मिसन लैजाने योजना रहेको बताउँदै संस्थाले दोहोरो कर प्रणाली हटाउने सम्बन्धमा निरन्तर प्रयास गर्ने पनि बताए ।

उनले बीएनसीसीले विगत र भविष्यमा पनि नेपाल सरकार, लन्डनस्थित नेपाली दूतावास, बेलायती विदेश मन्त्रालय (एफसीडीओ) लगायत निकायसंग निरन्तर सहकार्य गरी नेपाल र नेपाली व्यवसायीको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

निवर्तमान अध्यक्ष डा. कपिल रिजालले एक अर्का व्यवसायीहरुमा सहयोग गर्नु महत्वपूर्ण भएकाले त्यसैका लागि बीएनसीसी गठन भएको बताए ।

सन् १९९६ मा स्थापित संस्थाले बेलायत नेपाल व्यापार, पर्यटन प्रवर्धन एवं लगानी अभिवृद्धिका लागि निरन्तर पहल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...