मुख्य समाचार
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको बताए
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको बताए

। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको बताएकी छन् । यसलाई रोक्न तत्काल कडा उपायहरू लागु गर्ने उनको भनाइ छ ।

आफ्नो तीन महिने कार्यकालको प्रगति सार्वजनिक गर्दै उनले प्रति परिवार वार्षिक एक लाख रुपैयाँको सीमित रकम जथाभावी रूपमा सक्ने नियतले अनावश्यक स्वास्थ्य जाँच तथा उपचार गराइएको र सेवा प्रदायक संस्थाहरूले गलत नियतले पैसा असुल्ने गरेको पाइएको बताइन् ।

मन्त्री गौतमले बीमा कार्यक्रमको वित्तीय असन्तुलनलाई प्रमुख समस्या भएको बताइन् ।

प्रिमियम संकलनभन्दा दाबी बढी हुने, समयमै भुक्तानी नहुने, अनावश्यक सेवा उपभोग (मोरल हेजर्ड), उच्च जोखिम भएकाको बढी सहभागिता (एडभर्स सेलेक्सन), कमजोर दाबी व्यवस्थापन, संगठित क्षेत्रको न्यून सहभागिता तथा बोर्डको आन्तरिक क्षमता अभाव जस्ता चुनौतीहरू रहेको उनको भनाइ छ ।

यी समस्यालाई सम्बोधन गर्न मन्त्रालय र स्वास्थ्य बीमा बोर्डले संयुक्त राष्ट्रिय कार्यशाला आयोजना गरी १९ वटा प्रमुख कार्यबिन्दुमा आधारित कार्ययोजना तयार पारेको उनले बताए ।

मन्त्री गौतमले नागरिक पनि यसबारे जिम्मेवार बन्नुपर्ने बताइन् । उनले भनिन्, ‘एक लाख पैसा नसकिउन्जेल इनभेस्टिगेसन माग्ने होइन । र हामी सेवा प्रदायकहरूले पनि बिरामीको प्रिमियमबाट एक लाखसम्म लिन सकिन्छ भनेर चाहिने–नचाहिने इनभेस्टिगेसन गरेर बिरामीको पैसा असुल्ने होइन । त्यसरी बीमा चल्दैन ।’

उनले अगाडि भनिन्, ‘अर्को कतिपय अवस्थामा सेवाग्राहीहरूलाई मेरो प्रिमियमबाट कति पैसा खर्च भयो, सायद मेरो नाममा अरूले पो सेवा लिइरहेका छन् कि ? कसैलाई दोहोरो, तेहोरो परिराखेका छन् कि? भन्ने पनि थाहा नभएको अवस्था रहेछ । त्यसैले हामीले बीमालाई के भनेका छौं भने अबदेखि सेवाग्राहीले सेवा लिनसाथ तपाईंको यति पैसा खर्च भयो, यति पैसा बाँकी छ भनेर एसएमएस नोटिफिकेसन पठाउने व्यवस्था गर्नुहोस् । जसले उहाँहरूको नाममा अनधिकृत व्यक्तिहरूले सेवा लिने काम नगरुन् भन्ने कुरा पनि हामीले व्यवस्था गर्न लागेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ ।
। नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हाे। सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा ...
। सिरहाको कर्जन्हा नगरपालिका–१०, पर्याकपुर गाउँमा सार्वजनिक जग्गामा बनेको संरचना खाली गराउन प्रहरी पुग्दा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । उक्त ठाउँमा करिब तीन दशकदेखि सो गाउँका अजमुदिन शेखको मृत्यु भएपछि अहिले पूर्व–पश्चिम रामजमार्ग अवरुद्ध भएको छ । सो ठाउँको ऐलानी जग्गामा संरचना बन्न लागेपछि आइतबार दिउँसो प्रहरी खाली गराउनका लागि पुगेको थियो । जिल्ला ...
राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी
। आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । देश चुनावमय बनिसकेको छ । राजनीतिक दल र उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र प्रचार–प्रसारमा व्यस्त छन् । निर्वाचन आयोगका अनुसार यसपालि निर्वाचनमा ३ हजार ४ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र १ जना अन्य समुदायका उम्मेदवार छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम