मुख्य समाचार
बङ्गलादेशमा १० लाख जागिर गुम्ने खतरा, कपडा उद्योग बन्द गर्ने चेतावनी
बङ्गलादेशमा १० लाख जागिर गुम्ने खतरा, कपडा उद्योग बन्द गर्ने चेतावनी

। बङ्गलादेशको टेक्सटाइल (कपडा) उद्योग गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। टेक्सटाइल मिल मालिकहरूले सरकारलाई चेतावनी दिँदै यदि जनवरीको अन्त्यसम्ममा धागोको भन्साररहित आयात बन्द नगरिए फेब्रुअरी १ देखि देशभरका मिलहरू बन्द गर्ने घोषणा गरेका छन्।

सञ्चारमाध्यमहरूका अनुसार, बङ्गलादेशको वाणिज्य मन्त्रालयले राष्ट्रिय राजस्व बोर्डलाई आयातित धागोमा दिइँदै आएको भन्सार छुट सुविधा खारेज गर्न सिफारिस गरेको छ।




मिल मालिकहरूले भारतबाट आउने सस्तो धागोले स्वदेशी बजार भरिएकोले स्थानीय उद्योगहरूलाई ठूलो नोक्सानी भइरहेको दाबी गरेका छन् । समान प्रतिस्पर्धाको वातावरण समाप्त भएको र मिलहरू बन्द भएमा १० लाख मजदुरको रोजगारी गुम्ने खतरा रहेको उनीहरूले बताएका छन्।

१० लाख मजदुरको रोजगारी जोखिममा




बङ्गलादेश टेक्सटाइल मिल्स एसोसिएसन (बीटीएमए) ले सरकारलाई सचेत गराउँदै भनेको छ, ‘यदि फेब्रुअरी १ देखि मिलहरू बन्द भएमा करिब १० लाख मजदुरको रोजगारी प्रभावित हुनेछ।’

यसले देशमा सामाजिक तनाव समेत बढाउन सक्ने आशङ्का गरिएको छ। यति हुँदाहुँदै पनि सरकारले अहिलेसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा कुनै राहतको घोषणा गरेको छैन।

५० भन्दा बढी मिल बन्द, १५ अर्बको धागो थन्कियो

बङ्गलादेशका तयारी पोसाक (गार्मेन्ट) उत्पादकहरूले वर्षौँदेखि भारतबाट सुती धागो र चीनबाट पोलिस्टर धागो आयात गर्दै आएका छन्। तर पछिल्लो तीन–चार महिनामा ग्यासको अभाव, अनियमित आपूर्ति र ऊर्जाको बढ्दो मूल्यले थप समस्या सिर्जना गरेको छ।

बीटीएमएका अनुसार, सस्तो भारतीय धागोको ठूलो परिमाणमा आयात भएका कारण बजारमा करिब १५ अर्ब बराबरको स्वदेशी धागो बिक्री नभएर थन्किएको छ। हालसम्म ५० भन्दा बढी टेक्सटाइल मिलहरू बन्द भइसकेका छन् भने हजारौँ मजदुरले रोजगारी गुमाएका छन्। धेरै उद्योगीहरूलाई बैंकको ऋण तिर्न समेत मुस्किल परिरहेको छ।

७८ प्रतिशत धागो भारतबाट आयात

सरकारी तथ्याङ्कअनुसार सन् २०२५ मा बङ्गलादेशले करिब २ हजार करोड डलर बराबरको ७० करोड किलोग्राम धागो आयात गरेको थियो, जसमा ७८ प्रतिशत हिस्सा भारतको रहेको छ।

स्पिनिङ मिल मालिकहरूले १० देखि ३० काउन्टका सुती धागोको भन्साररहित आयात बन्द गर्न माग गरेका छन् । उनीहरूले सस्तो र निरन्तर ग्यास आपूर्ति, सङ्कटको समयमा भ्याटमा राहत, बैंक ऋणको ब्याजदरमा कटौती र सरकारसँग सिधै संवादको वातावरण बनाउन पनि माग गरेका छन् ।

अर्कोतर्फ, गार्मेन्ट आयातकर्ताहरू भने भारतीय धागोको गुणस्तर र नियमित आपूर्ति राम्रो रहेको बताउँछन्। उनीहरूका अनुसार भन्साररहित आयात रोकिएमा उत्पादन लागत बढ्नेछ र विश्व बजारमा बङ्गलादेशको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम