मुख्य समाचार
सर्वोच्च अदालतले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेशका लागि सक्कल प्रमाण कागजपत्र झिकाउन आदेश
सर्वोच्च अदालतले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेशका लागि सक्कल प्रमाण कागजपत्र झिकाउन आदेश

: सर्वोच्च अदालतले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेशका लागि सक्कल प्रमाण कागजपत्र झिकाउन आदेश दिएको छ।

न्यायाधीश डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो। 'यसमा महान्यायाधिवक्ता समेतले बहसको क्रममा अभियोगपत्र दायर भइसकेपश्चात थप प्रमाण फेला परेकोले अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनु भएकोले उक्त अभियोगपत्र संशोधनको सम्बन्धमा फेला परेका थप सक्कल प्रमाण कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमानुसार अन्तरिम आदेश छलफलका लागि पेश गर्नुहोला,' आदेशमा भनिएको छ।


अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। महान्यायाधिवक्ता कार्यालय, विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ।




रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन्। साथै महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णय मुद्दाको अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नु र कार्यान्वयन गर्न कुनै पनि कानुनी प्रक्रिया अवलम्बन नगर्नु -नगराउन अन्तरिम आदेशको माग समेत गरिएको छ।

महान्यायाधिवक्ता कार्यालयले पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरेको हो। महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी हुन्। उक्त निर्णयलगत्तै सर्वोच्चमा रिट परेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गुल्मीमा अटो तथा विद्युतीय रिक्साको भाडादर तथा रुट निर्धारण गरिएको छ। तम्घास आसपासमम अटोहरूले भाडा महंगो लिनेगरेको गुनासो आएपछि रेसुंगा नगरपालिकाले भाडादर निर्धारण गरेको हो । तम्घास बजार क्षेत्र अन्तर्गत (पूर्वतर्फ टुनिखोला, खानिगाउँ, पश्चिमतर्फ भुझेलखर्क, आदर्श चोक, उत्तरतर्फ बाखेछेडा, धागिथुम, उदिनढुङ्गा बेरियल र दक्षिणतर्फ उपल्लो तम्घास देउराली) भित्र प्रतिव्यक्ति ५० रुपैयाँ र रिजर्भ भएमा १०० ...
— राष्ट्रिय परिवर्तन पार्टी संखुवासभाका उम्मेदवार घनश्याम वालिङ राईले २४ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन् । खाँदबारीमा आइतबार आयोजित कार्यक्रममा उनले उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीका साझा उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मतदातालाई चुनाव चिह्न बाँसुरीमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै राईले आफ्नो राजनीति भाषणको होइन, सेवाको भएको स्पष्ट पारे। 'आश्वासन ...
— काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा २४ भदौमा जलेका मिसिलहरु प्राप्त गर्ने आदेश गरेको छ । पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि उक्त प्रकरणसँग जोडिएका मिसिल मगाउने आदेश गरेको हो । काठमाडौं जिल्ला अदालतमा दुई वर्षदेखि विचाराधीन रहेको भुटानी शरणार्थी सम्बन्धी मुद्दाको जलेपछि मिसिल अझै प्राप्त हुन नसकेपछि ...
— भारतीय बुवा र नेपाली आमाबाट जन्मेका एक युवकलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले नागरिकता प्रदान गरेको छ । यहाँको देवचुली नगरपालिका–१३ निवासी मिसन गौतमलाई जन्म दिने आमाको प्रमाणका आधारमा नागरिकता दिइएको हो । जिल्ला प्रशासन कार्यालयका अधिकृत ज्योतिराज अर्यालका अनुसार नागरिकता ऐनमा भएको पछिल्लो संशोधनका आधारमा जिल्लाबाट यस्तो प्रकारको नागरिकता दिइएको यो पहिलो हो । मिसनका बुवा मिथुन ...
— राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरे । त्यस्तै, महिला समूहअन्तर्गत गठबन्धनकै रोशनी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी ...