मुख्य समाचार
राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी

— राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरे ।

त्यस्तै, महिला समूहअन्तर्गत गठबन्धनकै रोशनी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नमिता नेउपानेले २ हजार २६८ मतभार ल्याइन् ।

निर्वाचनमा स्थानीय तहका तर्फ २ सय ५८ र प्रदेशसभातर्फ ८७ मत खसेको थियो । स्थानीय तहमा कुल २ सय ६७ मध्ये २५८ ले मतदान गरे । प्रदेशसभामा ९२ मध्ये ८७ मत खस्यो । मतभार प्रणालीअनुसार स्थानीय तहको मतभार १९ र प्रदेशसभाको ५३ तोकिएको थियो ।

प्रदेशसभातर्फ गठबन्धनका ६४ र नेकपाका २२ मत खसेका थिए । निर्वाचनमा एक मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कोशी प्रदेशबाट ‘अन्य समूह’मा कांगेसका नेता सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए । यसअघि उनी राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए ।

राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते विराटनगरमा भएको मनोनयन दर्ताको समयमा थापाको एकल उम्मेदवारी परेको थियो । उनी सोही दिन निर्वाचित भए पनि आइतबार मात्रै आयोगले औपचारिक घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सर्वोच्च अदालतले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेशका लागि सक्कल प्रमाण कागजपत्र झिकाउन आदेश दिएको छ। न्यायाधीश डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो। 'यसमा महान्यायाधिवक्ता समेतले बहसको क्रममा अभियोगपत्र दायर भइसकेपश्चात थप प्रमाण फेला परेकोले अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको ...
— गुल्मीमा अटो तथा विद्युतीय रिक्साको भाडादर तथा रुट निर्धारण गरिएको छ। तम्घास आसपासमम अटोहरूले भाडा महंगो लिनेगरेको गुनासो आएपछि रेसुंगा नगरपालिकाले भाडादर निर्धारण गरेको हो । तम्घास बजार क्षेत्र अन्तर्गत (पूर्वतर्फ टुनिखोला, खानिगाउँ, पश्चिमतर्फ भुझेलखर्क, आदर्श चोक, उत्तरतर्फ बाखेछेडा, धागिथुम, उदिनढुङ्गा बेरियल र दक्षिणतर्फ उपल्लो तम्घास देउराली) भित्र प्रतिव्यक्ति ५० रुपैयाँ र रिजर्भ भएमा १०० ...
— राष्ट्रिय परिवर्तन पार्टी संखुवासभाका उम्मेदवार घनश्याम वालिङ राईले २४ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन् । खाँदबारीमा आइतबार आयोजित कार्यक्रममा उनले उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीका साझा उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मतदातालाई चुनाव चिह्न बाँसुरीमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै राईले आफ्नो राजनीति भाषणको होइन, सेवाको भएको स्पष्ट पारे। 'आश्वासन ...
— काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा २४ भदौमा जलेका मिसिलहरु प्राप्त गर्ने आदेश गरेको छ । पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि उक्त प्रकरणसँग जोडिएका मिसिल मगाउने आदेश गरेको हो । काठमाडौं जिल्ला अदालतमा दुई वर्षदेखि विचाराधीन रहेको भुटानी शरणार्थी सम्बन्धी मुद्दाको जलेपछि मिसिल अझै प्राप्त हुन नसकेपछि ...
— भारतीय बुवा र नेपाली आमाबाट जन्मेका एक युवकलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले नागरिकता प्रदान गरेको छ । यहाँको देवचुली नगरपालिका–१३ निवासी मिसन गौतमलाई जन्म दिने आमाको प्रमाणका आधारमा नागरिकता दिइएको हो । जिल्ला प्रशासन कार्यालयका अधिकृत ज्योतिराज अर्यालका अनुसार नागरिकता ऐनमा भएको पछिल्लो संशोधनका आधारमा जिल्लाबाट यस्तो प्रकारको नागरिकता दिइएको यो पहिलो हो । मिसनका बुवा मिथुन ...