: स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले बित्तीय असन्तुलन र समयमा नै दाबी भुक्तानी नभएका कारण स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन समस्या भएको बताएकी छन्।
आफ्नो तीन महिने कार्यकालमा भएका कामकारवाहीका बारेमा जानकारी दिन आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन आफूहरूले पहिलो दिनदेखि नै कार्य सुरू गरेपनि विभिन्न समस्याका कारण सफल हुन नसकेको बताएकी हुन्। स्वास्थ्य जोखिम उच्च भएका व्यक्तिको अधिक सहभागीता,अनावश्यक सेवा उपभोग,दावी व्यवस्थापनमा कमजोरीलगायतका समस्या स्वास्थ्य बीमा क्षेत्रमा देखिएको उनले बताइन्।
मन्त्री गौतमले स्वास्थ्य बीमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भएको र स्वीकृतिको प्रक्रिया अघि बढाइएको जानकारी दिइन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न जनशक्ति तयार अवस्था रहेपनि भौतिक पूर्वाधारका क्षेत्रमा धेरै सुधार गर्न कठिन भएको उनको भनाइ छ ।
उनले जेनजी घाइतेहरूको उपचार तथा व्यवस्थापन,मातृ तथा नवजात शिशु,मानसिक,वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य,खरिद तथा आपूर्ति व्यवस्थापन,औषधि प्रयोगशाला सुधार,स्वास्थ्य बीमा लगायतलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे।
उनले मातृ मृत्यु सर्वेक्षणमा उच्च मातृ मृत्युदर रहेका लुम्बिनी,कर्णाली,गण्डकी र मधेश प्रदेशमा मातृ मृत्युदर कम गर्न विशेष ध्यान दिइएको भन्दै आगामी दिनमा पारदर्शिता,जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राख्दै स्वास्थ्य प्रणालीलाई नागरिकको विश्वास जित्ने दिशामा काम गर्ने धारणा राखे।
805
Shares
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonviber sharing buttonsharethis sharing button
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबर
निपाह भाइरस संक्रमण नेपाल कति सुरक्षित ?
निपाह भाइरस संक्रमण नेपाल कति सुरक्षित ?
युवतीलाई पीसीओडीको पिरलो
युवतीलाई पीसीओडीको पिरलो
उच्च कोलेस्टेरोलको व्यवस्थापन कसरी गर्ने ?
उच्च कोलेस्टेरोलको व्यवस्थापन कसरी गर्ने ?
बच्चालाई के खुवाउने ?
बच्चालाई के खुवाउने ?
सन्तानका आँखा ठीक त छन् ?
सन्तानका आँखा ठीक त छन् ?
चिसो हावाले पार्न सक्छ गम्भीर स्वास्थ्य प्रभाव, यसबाट कसरी बच्ने ?
चिसो हावाले पार्न सक्छ गम्भीर स्वास्थ्य प्रभाव, यसबाट कसरी बच्ने ?
थाक्दैछ मुटु, बढ्दैछ हृदयघात
थाक्दैछ मुटु, बढ्दैछ हृदयघात
दोगडाकेदारमा १० शय्याको आधारभूत अस्पताल
दोगडाकेदारमा १० शय्याको आधारभूत अस्पताल
लोकप्रिय
१
‘पब्लिक डिबेट’ गर्न बालेनले गरे अस्वीकार, ओलीको स्टाटसमा के दिए जवाफ ?
२
सुन-चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?
३
एमाले र प्रगतिशीलबीच चुनावी गठबन्धन, प्रचण्डको क्षेत्रमा एमालेले प्रगतिशीललाई सघाउने
४
वडाध्यक्ष छाडेर सांसदको उम्मेदवार बनेका सुशील
५
राष्ट्रिय सभा निर्वाचन: लुम्बिनीमा घिमिरे, झाँक्री र केसी विजयी
६
मधेसका एमाले अध्यक्षसहित तीन समानुपाति उम्मेदवारविरुद्ध आयोगमा उजुरी
७
टेष्ट राष्ट्रविरुद्ध नेपालको पहिलो जित, सुपरसिक्स पुग्ने सम्भावना जीवितै
८
राष्ट्रिय सभा निर्वाचन आज, एमाले-कांग्रेस गठबन्धन के होला ?
९
कांग्रेसको जनकपुरमा हुने भनिएको मधेस सभा स्थगित