— नेपाल खुला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन् ।
विज्ञान, स्वास्थ तथा प्रविधि संंकाय, सामाजिक शास्त्र तथा शिक्षा संकाय र व्यवस्थापन तथा कानुन सकांयका गरी ५ सय ४५ उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन् । तीमध्ये समारोहमा एक सय ९१ जनाको उपस्थिति थियो ।
प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरिन् ।
समारोहमा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि थिए । विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ ।