मुख्य समाचार
इँटा उद्योग व्यवसायी संघले भारतबाट नेपाल भित्रिने कोइला आयात प्रक्रियामा भइरहेको अनियमितता, तस्करी र गुणस्तरहीन कोइलाको कारोबारप्रति गम्भीर ध्यानाकर्षण
इँटा उद्योग व्यवसायी संघले भारतबाट नेपाल भित्रिने कोइला आयात प्रक्रियामा भइरहेको अनियमितता, तस्करी र गुणस्तरहीन कोइलाको कारोबारप्रति गम्भीर ध्यानाकर्षण

— कोशी अञ्चल इँटा उद्योग व्यवसायी संघले भारतबाट नेपाल भित्रिने कोइला आयात प्रक्रियामा भइरहेको अनियमितता, तस्करी र गुणस्तरहीन कोइलाको कारोबारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

संघकाअनुसार सुनसरी र मोरङका इँटा उद्योग तथा अन्य सप्लायर्सले अमेरिकाबाट उच्चगुणस्तरको कोइला खरिद गरी भारतको हल्दिया पोर्ट (बन्दरगाह) हुँदै नेपाल भित्र्याउने क्रममा बाटोमै कोइला अदलबदल गर्ने, ट्रकको सिल तोडफोड गरी नक्कली (डुप्लिकेट) सिल प्रयोग गर्ने जस्ता गैरकानुनी गतिविधि भइरहेको जनाएको छ।

संघलेआइतबार पत्रकार सम्मेलन गरी केही दिनअघिदेखि हल्दिया पोर्टबाट भारतीय ट्रक नम्बरको तीन वटा सवारीसाधनमार्फत आएको कोइला परीक्षण गर्दा पोर्टमा गरिएको ल्याब परीक्षणभन्दा निकै कम गुणस्तरको पाइएको जनाएको छ। सो क्रममा केही ट्रक चालकले भारतमै राम्रो कोइला बिक्री गरी खराब कोइला नेपाल ल्याएकोस्वीकार गरेको संघको दाबी छ।

संघकाअनुसार भारतमा कोइला तथा सिल खोल्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनिभारतीय भूमिमै कोइला अदलबदल हुनु र त्यसको प्रत्यक्ष असर नेपाली इँटा उद्योगीहरूलाई पर्नु गम्भीर विषय हो। गुणस्तरहीन कोइला प्रयोग गर्न बाध्य हुँदा उद्योगहरू ठूलो आर्थिक क्षतिमा परेको संघको भनाइ छ।

गलत कार्यमा संलग्न ट्रक र ट्रान्सपोर्ट कम्पनीमाथि छानबिन र कारबाहीको माग गर्दै संघले पत्रकार सम्मेलन आयोजना गरेको बताउँदै संघकाअध्यक्ष खगेन्द्र श्रेष्ठले दोषीमाथि तत्काल कडा कारबाही गर्न, कोइला आयातप्रक्रियालाई पारदर्शी बनाउन तथा उद्योगीहरूको हित संरक्षण गर्न सम्बन्धितनिकायसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तब्य चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या चालु आर्थिक वर्षको ६ महिनामा एक लाख १९ हजार ५७६ पुगेको छ । निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार यो अवधिमा ७२ हजार ५०८ स्वदेशी, ३९ हजार ७९३ विदेशी र सार्क राष्ट्रका ७ हजार २७५ ले निकुञ्ज घुमेका ...
— खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले ८ हजार ३ सय ३७ क्विन्टल धान खरिद गरेको छ । शाखा प्रमुख पंकजकुमार झाका अनुसार पुस ६ देखि धान खरिद सुरु गरिएकोमा एक महिनाको अवधिमा यति परिमाणमा धान खरिद भएको हो । शाखाले यस वर्षदेखि टोकन प्रणालीबाट किसानको धान खरिद गरिरहेको छ । किसानलाई २ सय ७५ ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापत ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ तिरेको छ । न्यारो बडी जहाजको पूरै किस्ता र वाइड बडीको आंशिक गरी पुस मसान्तमा उक्त रकम बराबर किस्ता तिरेको नेवानिले जनाएको छ । त्यस्तै नेवानिले आफ्नो दीर्घकालीन ...
। नेपाल र बंगलादेशबीच वाणिज्य सचिव स्तरीय ८औं बैठक सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २९ र ३० पुसमा सम्पन्न बैठकमा ७औं बैठकमा भएका निर्णय तथा सहमति कार्यान्वयन प्रगति समीक्षा गरी आगामी सहकार्यका विषयमा दिशानिर्देश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बैठकमा व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण र प्राविधिक सहकार्य सम्बन्धी विषयमा ...
: स्याङ्जामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। यसवर्ष स्याङ्जामा २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख अजय अधिकारीका अनुसार यसवर्ष १ अर्ब ३२ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ। प्रति किलो औसतमा ५७ रुपैयाँका दरले मूल्यांकन गर्दा सो मूल्य आएको कार्यालयले जनाएको छ। ...