मुख्य समाचार
रविसहितकाे सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट सुनुवाइ हुँदै
रविसहितकाे सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट सुनुवाइ हुँदै

— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट सुनुवाइ लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुँदै छ । यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो । लिखित जवाफ आएसँगै सर्वोच्चले पेसी तोकेर सुनुवाइ हुन लागेकाे हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले बिहीबार दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गरिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले २०८२ पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोग पत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् ।

उक्त निर्णयमा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा अभियोग लगाइएको र बचतकर्ताको हितलाई प्राथमिकता दिनुपर्ने तर्क प्रस्तुत गरिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ लाई अभियोग संशोधनको आधार बनाइए पनि यो व्यवहारतः ‘मुद्दा फिर्ता’ लिने कृत्य भएको रिट निवेदकको दाबी छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन संहिताको दफा ११६ ले रोक लगाएको अवस्थामा उक्त निर्णयलाई ‘कानुनको कपटपूर्ण प्रयोग’ गरिएको तर्क रिटमा गरिएको छ ।

सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर आर्थिक अपराधमा उन्मुक्ति दिँदा नेपाल अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलको कालोसूचीमा पर्ने र यसबाट मुलुकलाई अपूरणीय क्षति पुग्ने रिटमा उल्लेख गरिएको छ ।



मिलापत्र गर्न नमिल्ने संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा अभियोग संशोधन गर्दा हजारौं बचतकर्ताको न्याय पाउने अधिकार खोसिने जिकिरसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय परिवर्तन पार्टी संखुवासभाका उम्मेदवार घनश्याम वालिङ राईले २४ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन् । खाँदबारीमा आइतबार आयोजित कार्यक्रममा उनले उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीका साझा उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मतदातालाई चुनाव चिह्न बाँसुरीमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै राईले आफ्नो राजनीति भाषणको होइन, सेवाको भएको स्पष्ट पारे। 'आश्वासन ...
— काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा २४ भदौमा जलेका मिसिलहरु प्राप्त गर्ने आदेश गरेको छ । पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि उक्त प्रकरणसँग जोडिएका मिसिल मगाउने आदेश गरेको हो । काठमाडौं जिल्ला अदालतमा दुई वर्षदेखि विचाराधीन रहेको भुटानी शरणार्थी सम्बन्धी मुद्दाको जलेपछि मिसिल अझै प्राप्त हुन नसकेपछि ...
— भारतीय बुवा र नेपाली आमाबाट जन्मेका एक युवकलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले नागरिकता प्रदान गरेको छ । यहाँको देवचुली नगरपालिका–१३ निवासी मिसन गौतमलाई जन्म दिने आमाको प्रमाणका आधारमा नागरिकता दिइएको हो । जिल्ला प्रशासन कार्यालयका अधिकृत ज्योतिराज अर्यालका अनुसार नागरिकता ऐनमा भएको पछिल्लो संशोधनका आधारमा जिल्लाबाट यस्तो प्रकारको नागरिकता दिइएको यो पहिलो हो । मिसनका बुवा मिथुन ...
— राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरे । त्यस्तै, महिला समूहअन्तर्गत गठबन्धनकै रोशनी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी ...
: नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी बीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उनीहरूबीच चुनावी गठबन्धन गर्ने सहमति भएको हो। पश्चिम रुकुममा एमालेले प्रगतिशीलका उम्मेदवार जनार्दन शर्मालाई र पूर्वी रुकुममा सन्दीप पुनलाई सघाउने सहमति भएको हो। रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन्। त्यस्तै कर्णाली प्रदेशका हुम्ला ...