मुख्य समाचार
राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मधेश प्रदेशसभाका १०० मध्ये ९९ जना सदस्यले मतदान गरेका छन्
राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मधेश प्रदेशसभाका १०० मध्ये ९९ जना सदस्यले मतदान गरेका छन्

: राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मधेश प्रदेशसभाका १०० मध्ये ९९ जना सदस्यले मतदान गरेका छन् । मधेशको २ सय ६४ पालिका प्रतिनिधिमध्ये २४२ पालिका प्रतिनिधि मेयर–उपमेयर र अध्यक्ष–उपाध्यक्ष ले मतदान गरेका हुन् ।

बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सम्म चलेको थियो । निर्वाचन अधिकृत शुभाषबाबु पुरीका मतदान सम्पन्न भएर मतगणनाको तयारी गरिएको छ । मधेस प्रदेशमा चार समूहको चार सिटका लागि मतदान भएको छ ।


मधेस प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेकोमा तीनजनालाई जनता समाजवादी पार्टी (जसपा) नेपालले निस्क्रिय पारेको हो । नेपाली कम्युनिष्ट पार्टीले एक्लै सबै सिटमा उम्मेदवारी दर्ता गराएको छ भने नेकपा एमाले, नेपाली कांग्रेस र जसपा नेपालले गठबन्धन गरेर उम्मेदवार खडा गरेको हो । जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गरेको छैन। मधेस प्रदेशमा अन्य, महिला, दलित र अपांगता,अल्पसंख्यक समूहमा निर्वाचन भएको हो।


अन्य समूहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल उम्मेदवार छन्। उम्मेदवारी अघि लोसपा र जसपा नेपालबीच एकता गर्ने निर्णय भएकोमा हाल दुबै पार्टीबीच एकता भइसकेको छ ।

यस्तै,महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह,नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाकी शमी कुमारी अग्रवाल उम्मेदवार रहेका छन्। दलित समूहमा जसपा नेपालकी चमेली देवी दास,नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार छन्। अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, नेपाली कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरी उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय परिवर्तन पार्टी संखुवासभाका उम्मेदवार घनश्याम वालिङ राईले २४ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन् । खाँदबारीमा आइतबार आयोजित कार्यक्रममा उनले उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीका साझा उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मतदातालाई चुनाव चिह्न बाँसुरीमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै राईले आफ्नो राजनीति भाषणको होइन, सेवाको भएको स्पष्ट पारे। 'आश्वासन ...
— काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा २४ भदौमा जलेका मिसिलहरु प्राप्त गर्ने आदेश गरेको छ । पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि उक्त प्रकरणसँग जोडिएका मिसिल मगाउने आदेश गरेको हो । काठमाडौं जिल्ला अदालतमा दुई वर्षदेखि विचाराधीन रहेको भुटानी शरणार्थी सम्बन्धी मुद्दाको जलेपछि मिसिल अझै प्राप्त हुन नसकेपछि ...
— भारतीय बुवा र नेपाली आमाबाट जन्मेका एक युवकलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले नागरिकता प्रदान गरेको छ । यहाँको देवचुली नगरपालिका–१३ निवासी मिसन गौतमलाई जन्म दिने आमाको प्रमाणका आधारमा नागरिकता दिइएको हो । जिल्ला प्रशासन कार्यालयका अधिकृत ज्योतिराज अर्यालका अनुसार नागरिकता ऐनमा भएको पछिल्लो संशोधनका आधारमा जिल्लाबाट यस्तो प्रकारको नागरिकता दिइएको यो पहिलो हो । मिसनका बुवा मिथुन ...
— राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरे । त्यस्तै, महिला समूहअन्तर्गत गठबन्धनकै रोशनी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी ...
: नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी बीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उनीहरूबीच चुनावी गठबन्धन गर्ने सहमति भएको हो। पश्चिम रुकुममा एमालेले प्रगतिशीलका उम्मेदवार जनार्दन शर्मालाई र पूर्वी रुकुममा सन्दीप पुनलाई सघाउने सहमति भएको हो। रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन्। त्यस्तै कर्णाली प्रदेशका हुम्ला ...