मुख्य समाचार
राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मधेश प्रदेशसभाका १०० मध्ये ९९ जना सदस्यले मतदान गरेका छन्
राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मधेश प्रदेशसभाका १०० मध्ये ९९ जना सदस्यले मतदान गरेका छन्

: राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मधेश प्रदेशसभाका १०० मध्ये ९९ जना सदस्यले मतदान गरेका छन् । मधेशको २ सय ६४ पालिका प्रतिनिधिमध्ये २४२ पालिका प्रतिनिधि मेयर–उपमेयर र अध्यक्ष–उपाध्यक्ष ले मतदान गरेका हुन् ।

बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सम्म चलेको थियो । निर्वाचन अधिकृत शुभाषबाबु पुरीका मतदान सम्पन्न भएर मतगणनाको तयारी गरिएको छ । मधेस प्रदेशमा चार समूहको चार सिटका लागि मतदान भएको छ ।


मधेस प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेकोमा तीनजनालाई जनता समाजवादी पार्टी (जसपा) नेपालले निस्क्रिय पारेको हो । नेपाली कम्युनिष्ट पार्टीले एक्लै सबै सिटमा उम्मेदवारी दर्ता गराएको छ भने नेकपा एमाले, नेपाली कांग्रेस र जसपा नेपालले गठबन्धन गरेर उम्मेदवार खडा गरेको हो । जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गरेको छैन। मधेस प्रदेशमा अन्य, महिला, दलित र अपांगता,अल्पसंख्यक समूहमा निर्वाचन भएको हो।


अन्य समूहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल उम्मेदवार छन्। उम्मेदवारी अघि लोसपा र जसपा नेपालबीच एकता गर्ने निर्णय भएकोमा हाल दुबै पार्टीबीच एकता भइसकेको छ ।

यस्तै,महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह,नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाकी शमी कुमारी अग्रवाल उम्मेदवार रहेका छन्। दलित समूहमा जसपा नेपालकी चमेली देवी दास,नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार छन्। अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, नेपाली कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरी उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्लामा ८९ उम्मेदवारको धरौटी जफत भएको छ । तीन निर्वाचन क्षेत्रका तीन/तीन जना गरी नौ जनाले मात्र धरौटी जोगाएका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ९८ जना उम्मेदवार थिए । खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत पाए उनीहरूको धरौटी जफत हुने व्यवस्था छ । क्षेत्र नं १ मा ३४ ...
— सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत ल्याएको छ । रास्वपाले कुल १ लाख ४९ हजार १ सय ८६ मत पाएको छ । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालले ३६ हजार ६८ मत ल्याएको छ । नेपाली कांग्रेसले २६ हजार ९ सय ६३ मत ल्याउँदा चौथो नम्बरमा ...
— हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाका २ निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका ३ पूर्वमन्त्रीसहित ३० जनाको जमानत जफत भएको छ । पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री विष्णुप्रसाद चौधरी, पूर्वखानेपानीमन्त्री अब्दुल खान र लुम्बिनी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीले खसेको सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि जमानत जफत भएको हो । बर्दिया–१ मा १८ र ...
— हिमाली जिल्ला डोल्पाका ६ उम्मेदवारको धरौटी जफत भएको छ । पाँच जना उम्मेदवारले त सय मत पनि कटाएनन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ९ जनामध्ये ६ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । डोल्पामा प्रतिनिधिसभा निर्वाचनमा १५ हजार ५ सय ६ सदर मत गणना भएकामा ...
— परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षाकै दृष्टिकोणबाट तत्काल उद्धार गरेर ल्याउनुपर्ने अवस्था आइनसकेको जनाएको छ । ‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरेर ल्याइहाल्नु पर्ने अवस्था आइसकेको छैन,’ परराष्ट्र सचिव अमृतकुमार राईले पत्रकार सम्मेलनमा भने,‘कोही चिन्तित नहुनु होला । विचलित नहुनु होला । नेपालमा रहेको उहाँहरुको आमाबुवा, दिदीबहिनीहरुलाई र पश्चिम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम