मुख्य समाचार
बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको चुनावी भ्रमण गर्ने
बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको चुनावी भ्रमण गर्ने

: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको चुनावी भ्रमण गर्ने भएका छन्। उनी सोमबार नेपालगन्ज हुँदै कैलाली पुग्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।


बालेनले कैलाली क्षेत्र नं २ मा आयोजना हुने चुनावी सभामा सहभागी बन्नेछन्। रास्वपाबाट कैलाली २ मा उम्मेदवारी दिएका केपी खनालले सोमबार बालेन आफ्नो क्षेत्रमा आउने पुष्टि गरे। 'उहाँ (बालेन) हाम्रो क्षेत्रबाटै सुदूरपश्चिमको भ्रमण गर्दै हुनुहुन्छ। मेरो क्षेत्रमा आयोजना हुने कार्यक्रममा पनि उहाँ सरिक बन्नुहुन्छ,' अन्नपूर्णसँग उनले भने।


बालेन फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ५ मा उम्मेदवारी दिएका छन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेका हुन्। झापामा उम्मेदवारी दिएपछि पूर्वी पहाडी जिल्लाको चुनावी अभियानमा उनी सहभागीसमेत बनेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्लामा ८९ उम्मेदवारको धरौटी जफत भएको छ । तीन निर्वाचन क्षेत्रका तीन/तीन जना गरी नौ जनाले मात्र धरौटी जोगाएका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ९८ जना उम्मेदवार थिए । खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत पाए उनीहरूको धरौटी जफत हुने व्यवस्था छ । क्षेत्र नं १ मा ३४ ...
— सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत ल्याएको छ । रास्वपाले कुल १ लाख ४९ हजार १ सय ८६ मत पाएको छ । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालले ३६ हजार ६८ मत ल्याएको छ । नेपाली कांग्रेसले २६ हजार ९ सय ६३ मत ल्याउँदा चौथो नम्बरमा ...
— हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाका २ निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका ३ पूर्वमन्त्रीसहित ३० जनाको जमानत जफत भएको छ । पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री विष्णुप्रसाद चौधरी, पूर्वखानेपानीमन्त्री अब्दुल खान र लुम्बिनी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीले खसेको सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि जमानत जफत भएको हो । बर्दिया–१ मा १८ र ...
— हिमाली जिल्ला डोल्पाका ६ उम्मेदवारको धरौटी जफत भएको छ । पाँच जना उम्मेदवारले त सय मत पनि कटाएनन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ९ जनामध्ये ६ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । डोल्पामा प्रतिनिधिसभा निर्वाचनमा १५ हजार ५ सय ६ सदर मत गणना भएकामा ...
— परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षाकै दृष्टिकोणबाट तत्काल उद्धार गरेर ल्याउनुपर्ने अवस्था आइनसकेको जनाएको छ । ‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरेर ल्याइहाल्नु पर्ने अवस्था आइसकेको छैन,’ परराष्ट्र सचिव अमृतकुमार राईले पत्रकार सम्मेलनमा भने,‘कोही चिन्तित नहुनु होला । विचलित नहुनु होला । नेपालमा रहेको उहाँहरुको आमाबुवा, दिदीबहिनीहरुलाई र पश्चिम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम