मुख्य समाचार
सुदूरपश्चिम प्रदेशबाट दुई जना राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार भएकाे मतदानमा २२० मत मात्र
सुदूरपश्चिम प्रदेशबाट दुई जना राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार भएकाे मतदानमा २२० मत मात्र

— सुदूरपश्चिम प्रदेशबाट दुई जना राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार भएकाे मतदानमा २२० मत मात्र खसेको छ।

स्थानीय तहका दुई र प्रदेशसभाका दुई जना मतदाता अनुपस्थित रहेका हुन्। राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरु कांग्रेसका प्रकाशबहादुर देउवा र राप्रपा सांसद खेमादेवी बिष्ट अनुपस्थित रहे ।

सुदूरपश्चिम प्रदेशसभाका ४९ जना राष्ट्रियसभाका लागि मतदाता हुन् । यस्तै, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा कडरिया मतदानमा अनुपस्थित रहे ।

स्थानीय तहका १ सय ७१ जना मतदानमा सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेशसभामा ५१ जना मतदाता संख्या छ । ८८ स्थानीय तह रहेको यस प्रदेशमा १ सय ७३ मतदाता रहेकोमा १ सय ७१ मत खसेको छ ।
जम्मा मतदाता संख्या २ सय २४ रहेकोमा चार मत नखसेको हो ।

सुदूरपश्चिममा महिलातर्फ १ र अन्य १ गरी दुई जना सदस्यका लागि मतदान भएको हो । जसका लागि ४ जना उम्मेदवार छन् । एमाले र कांग्रेसको गठबन्धन छ । कांग्रेस र एमालेको गठबन्धनबाट महिलातर्फ एमालेकी लिलाकुमार भण्डारी र कांग्रेसबाट खम्मबहादुर खाती सयुक्त उम्मेदवार छन् । नेपाली कम्युनिष्ट पार्टीबाट रोजी बस्नेत र टिकारम जैशी उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरे । त्यस्तै, महिला समूहअन्तर्गत गठबन्धनकै रोशनी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी ...
: नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी बीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उनीहरूबीच चुनावी गठबन्धन गर्ने सहमति भएको हो। पश्चिम रुकुममा एमालेले प्रगतिशीलका उम्मेदवार जनार्दन शर्मालाई र पूर्वी रुकुममा सन्दीप पुनलाई सघाउने सहमति भएको हो। रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन्। त्यस्तै कर्णाली प्रदेशका हुम्ला ...
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेमशलाल चौधरीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ
— पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकको ‘फेक रेस्क्यु’बारे प्रहरीले अनुसन्धान थालेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रारम्भिक जाँचपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए । ‘अहिले पनि अपरेसन चलिरहेको छ, यसबारे साँझ ५ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौं,’ ती अधिकृतले भने । सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले पनि फेक रेस्क्युको अनुसन्धानबारे प्रगति ...
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।