मुख्य समाचार
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट तीन सदस्यका लागि आज भएको निर्वाचनमा कांग्रेस एमाले सहकार्यबाट उम्मेदवारी दिएका तीनजना निर्वाचित
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट तीन सदस्यका लागि आज भएको निर्वाचनमा कांग्रेस एमाले सहकार्यबाट उम्मेदवारी दिएका तीनजना निर्वाचित

: राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट तीन सदस्यका लागि आज भएको निर्वाचनमा कांग्रेस एमाले सहकार्यबाट उम्मेदवारी दिएका तीनजना निर्वाचित भएका छन्।




कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका थिए। एमालेको भागमा महिला कोटा परेको थियो भने कांग्रेसलाई अपांग र अन्य समूहबाट उम्मेदवारी थियो। अन्तिम मत परिणाम अनुसार सहकार्य गरेका काङ्ग्रेस एमालेका उम्मेदवार विजयी भएका छन्।


कांग्रेसबाट अपांग कोटामा लमही नगरपालिक–३, दाङका बासुदेव घिमिरे (जंगली ) ६३२२ र अन्य कोटामा रेसुंगा नगरपालिका–३ गुल्मीका चन्द्र बहादुर केसी(६३२२) महिलामा एमालेबाट गुल्मी कै रामकुमारी झाँक्री (६३०३) मतभार प्राप्त गरेर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




निर्वाचनमा २९९ मतदाता मध्ये २८६ मत खसेको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले जानकारी दिए। लुम्बिनी प्रदेश सभाका ८३ मध्ये ७८ जना र स्थानीय तहका २१६ मध्ये २०८ जना गरी २८६ मत खसेको हो।

लुम्बिनी प्रदेश सभाका राप्रपाका ४ प्रदेश सभा सदस्य र नेपाली कांग्रेसका एक जना गरी ५ जना अनुपस्थित देखिएका थिए। स्थानीय तहका ८ जना गरी १३ मतदाता अनुपस्थित भएको मुख्य निर्वाचन अधिकृत पण्डितले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी बीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उनीहरूबीच चुनावी गठबन्धन गर्ने सहमति भएको हो। पश्चिम रुकुममा एमालेले प्रगतिशीलका उम्मेदवार जनार्दन शर्मालाई र पूर्वी रुकुममा सन्दीप पुनलाई सघाउने सहमति भएको हो। रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन्। त्यस्तै कर्णाली प्रदेशका हुम्ला ...
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेमशलाल चौधरीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ
— पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकको ‘फेक रेस्क्यु’बारे प्रहरीले अनुसन्धान थालेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रारम्भिक जाँचपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए । ‘अहिले पनि अपरेसन चलिरहेको छ, यसबारे साँझ ५ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौं,’ ती अधिकृतले भने । सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले पनि फेक रेस्क्युको अनुसन्धानबारे प्रगति ...
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
: जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरिबहादुर डिसी मृत फेला परेका छन्। प्रहरी जवान डिसी झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए। उनी घोराई उपमहानगरपालिकाको घोरदौरा क्षेत्रबाट दुई दिन अगाडि बेपत्ता थिए। घोराही-२ रामपुर ठेगाना भएका उनी जिप्रकाका चालक समेत हुन् । माघ ८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर ...