: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले भारत र श्रीलंकामा संयुक्तरुपमा आयोजना हुने टी-२० विश्वकपमा बंगलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गरेको छ।
बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आइसीसीले वरीयतामा माथि रहेको स्कटल्यान्डलाई अवसर प्रदान गरेको हो।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा सुरक्षा चुनौतीका कारण आफ्ना खेलहरू श्रीलंकामा खेल्न पाउनुपर्ने माग राख्दै आएको थियो। तर, आइसिसीले भारतमा कुनै पनि किसिमको सुरक्षा चुनौती नरहेको भन्दै बंगलादेशको अपीललाई अस्वीकार गरेको थियो।
गत मंगलबार आइसीसीले बीसीबीलाई आफूहरूको निर्णय पठाउन बिहीबारसम्मको समय दिएको थियो। बिसीबीले आफूलाई बंगलादेश सरकारले भारतमा खेल्न जाने अनुमति नदिएको भन्ने सूचना दिइसकेपछि आइसिसीले स्कटल्यान्डलाई तालिकामा समावेश गरेको जनाएको छ।