मुख्य समाचार
दोहोरो आईजीनविरुद्ध पियोर इनर्जीको रिटमा अदालतले दिएन अन्तरिम आदेश
दोहोरो आईजीनविरुद्ध पियोर इनर्जीको रिटमा अदालतले दिएन अन्तरिम आदेश

— संस्थापक र सर्वसाधारणको सेयरका लागि एउटै ‘इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर (आईजीन) माग गर्दै पियोर इनर्जी लिमिटेडले पेस गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

दोहोरो आईजीनविरुद्ध अन्तरिम आदेश माग गर्दै उक्त कम्पनीले दिएको रिटमा न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारी र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उच्च अदालत पाटनले उक्त रिट निवेदन निरूपण हुने प्रकृतिको देखिँदा निवेदकको मागबमोजिम हाल अन्तरिम आदेश जारी गर्न नपर्ने बताएको छ । अन्तरिम आदेश नदिए पनि उच्च अदालत पाटनले उक्त रिट निवेदनको सुनुवाइ गर्न अग्राधिकार प्रदान गरेको छ ।

धितोपत्रसम्बन्धी प्रचलित कानुनबमोजिम धितोपत्रको अभौतिकीकरण गर्ने कार्यलाई व्यवस्थित, पारदर्शी तथा प्रभावकारी बनाउने उद्देश्यले गत साउनमा सिडिएस एन्ड क्लियरिङ लिमिटेडले (सीडीएससी)ले आईजीनसम्बन्धी निर्देशिका बनाएको थियो । धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पेस गरेको छ । निर्देशिका उपर छलफल भएपनि हालसम्म बोर्डले स्वीकृति दिएको छैन ।

पियोर इनर्जीले २०८२ साल जेठ १२ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा संस्थापकतर्फको ६४ लाख कित्ता र सर्वसाधारणतर्फको १६ लाख कित्तासहित ८० लाख कित्ता शेयर सूचीकृत गराएको थियो । दोहोरो आईजीन विवादका कारण हालसम्म कम्पनीको संस्थापक शेयर सम्बद्ध शेयरधनीको हितग्राही खातामा जम्मा भएको छैन ।

सीडीएससीले फरक प्रकृतिका शेयरका लागि एउटै आईजीन नम्बर दिन नमिल्ने भन्दै कम्पनीको संस्थापक शेयर हितग्राही खातामा जम्मा नगरेको हो । यहीकारण कानुनी उपचार खोज्दै पियोर इनर्जी अदालत गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: परराष्ट्र मन्त्रालयका सचि अमृतबहादुर राईले मध्यपूर्वी एसियामा देखिएको द्वन्द्वमा फसेका नेपाली श्रमिकलाई आइपरे पानीजहाजबाट उद्धार गर्न सकिने बताएका छन्। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ठूलो संख्यामा नेपालीहरू मध्यपूर्वी एसियाका देशहरूमा काम गर्ने भएकाले पानी जहाजबाट भए पनि उद्धार गर्न सकिने बताएका हुन्। 'मध्यपूर्वी एसिया क्षेत्रमा फसेका नेपालीहरूलाई पानीजहाजबाट पनि उद्धार गर्न सकिन्छ। तर, आशा गरौं, ...
: राष्ट्रिय सभा सदस्य तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस विशेष महाधिवेशन अनुचित सिद्ध भएको टिप्पणी गरेका छन् । सिंहदरबार परिसरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिटौलाले संस्थागत रुपमा आफूहरुले त्यसलाई आवश्यक नठानेको पनि बताएका छन् । उनले पार्टीभित्रको आन्तरिक विवादलाई अदालतले छिट्टो किनारा लगाउनु पर्ने पनि बताए । अदालतको फैसलापछि मात्र कांग्रेस पार्टी अगाडि बढ्न ...
: नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ। निगमले मंगलबार एक उडान सूचना प्रकाशन गर्दै आज राति ११:१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट काठमाडौँ आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो। दुबईबाट उडेको आरए ...
: परराष्ट्र मन्त्री बालानन्द शार्माले मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली नागरिकहरू जोखिममा नरहेको स्पष्ट पारेका हुन्। उनले नेपाली श्रमिकहरूभन्दा पनि दोस्रो मुलुक जाने नेपालीहरू मध्यपूर्वी देशको ट्रान्जिटमा फसेको बताए। 'श्रमिकभन्दा पनि दोस्रो मुलुक जाने नेपाली नागरिकहरू ट्रान्जिटमा फसेका छन्। उहाँहरू छिट्टै उनीहरू गन्तव्ययमा पुग्ने विश्वास ...
: गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट आज भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै ...