मुख्य समाचार
झापा-५ मा नेपाली कम्युनिस्ट पार्टीको ५५५ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन
झापा-५ मा नेपाली कम्युनिस्ट पार्टीको ५५५ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन

— झापा-५ मा नेपाली कम्युनिस्ट पार्टीको ५५५ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

दमकमा शनिबार आयोजित निर्वाचन क्षेत्रस्तरीय भेलाबाट केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतको नेतृत्वमा समिति घोषणा भएको हो । यस क्षेत्रमा नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता रञ्जित तामाङ उम्मेदवार बनेका छन् ।

समितिमा राष्ट्रिय युवा परिषद्‍का निवर्तमान कार्यकारी उपाध्यक्ष बस्नेतसहित पार्टीका केन्द्रीय सदस्य दिपेनवाला राई, वीरेन्द्र बस्नेत, गगन पुरी, सबै प्रदेश समिति सदस्यहरु, जिल्ला समिति सदस्यहरु, पालिका समितिहरु सबै र वडा समिति पदाधिकारीहरु रहेका छन् । यस्तै केन्द्रीय सदस्य प्रविण चाम्लिङले अनुगमन समिति प्रमुखको जिम्मेवारी लिएका छन् ।

समितिको सदस्यसचिवमा साविक माओवादी केन्द्रका क्षेत्रीय संयोजक सन्तोष गौतम रहेका छन् ।

चुनावी अभियानलाई तीव्रता दिन केन्द्रीय सदस्यहरु रहेको हाइकमान्ड र केन्द्रीय सदस्य, प्रदेश सदस्य र पालिका अध्यक्षहरु रहेको ४९ सदस्यीय सचिवालयसमेत गठन गरिएको संयोजक बस्नेतले जानकारी दिए ।


नवगठित निर्वाचन परिचालन समितिको प्रचारप्रसार विभाग प्रमुखमा दिपेनबाला राई , आर्थिक विभाग प्रमुखमा वीरेन्द्र बस्नेत, वार्ता तथा अन्तरपार्टी समन्वयमा गगन पुरी र स्वयंसेवक विभाग प्रमुखममा डम्बर पुलामी रहेका छन्।

त्यसैगरी, शिक्षक-बुद्धिजीवी समन्वयमा रमेश गुरागाईं, महिला विभाग प्रमुखमा अनिषा झाँगर, क्षेत्र बाहिरका मतदाता समन्वयमा ओम बस्नेत, कार्यालय विभागमा दुर्गा चौलगाईं, सुकुम्बासी समन्वय विभागमा वेदु गौतम, मजदुर समन्वय विभागमा प्रशान्त भण्डारी, उम्मेदवार प्रतिनिधिमा शंकर बस्नेत रहेका छन् । जवस मोर्चा समन्वयमा हुकुम सिंह, ज्येष्ठ नागरिक समन्वयमा नगेन्द्र साँवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले जेनजी युवाहरूको माग पूरा गर्ने पार्टी राप्रपामात्रै भएको बताएका छन्। शनिबार राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को भेलालाई सम्बोधन गर्दै थापाले युवाहरूले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा राप्रपाको समेत मुद्दा भएकाले यसलाई आफ्नो पाटीले मात्रै पूरा गर्नसक्ने बताएका छन्। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट ...
: कोशी प्रदेशमा आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको छ। निर्वाचन अधिकृतको कार्यालयले प्रशासनिक, प्राविधिक र सुरक्षासम्बन्धी सबै तयारी पूरा भएको जनाएको छ। मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताए। उनका अनुसार यसपटक कोशी प्रदेशबाट महिला ...
— नेपालकै पहिलो रेल सेवाको ऐतिहासिक विरासतलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्ज महानगरले वीरगन्जस्थित रेल संग्रहालय स्थापना गर्ने तयारी औपचारिक रूपमा अघि बढाएको छ । हालको वीरगन्ज महानगरस्थित घण्टाघरमा रहेको प्रस्तावित बीपी उद्यानमा यो संग्रहालय बनाउने योजना महागनरपालिकाको कार्यालयले अघि सारेको हो । यसैको प्रयास स्वरूप प्रस्तावित बीपी उद्यानको जग्गामा शनिबार बृहत् सरसफाइ अभियान सञ्चालन ...
— इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । आज साँझ इटहरी–४ गैरी गाउँका पूर्णप्रसाद राईको ट्रकको ठक्करबाट मृत्यु भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । राईको मृत्यु भएपछि प्रहरीले आफन्तबिना नै मुचुल्का उठाएको भन्दै ठूलो संख्यामा उपस्थित स्थानीय तोडफोड र आगजनीमा उत्रिएका छन् । आक्रोशित स्थानीयले ...
— संस्थापक र सर्वसाधारणको सेयरका लागि एउटै ‘इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर (आईजीन) माग गर्दै पियोर इनर्जी लिमिटेडले पेस गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दोहोरो आईजीनविरुद्ध अन्तरिम आदेश माग गर्दै उक्त कम्पनीले दिएको रिटमा न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारी र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ...