: कोशी प्रदेशमा आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको छ। निर्वाचन अधिकृतको कार्यालयले प्रशासनिक, प्राविधिक र सुरक्षासम्बन्धी सबै तयारी पूरा भएको जनाएको छ।
मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताए। उनका अनुसार यसपटक कोशी प्रदेशबाट महिला ...