— लेखक, नागरिक अभियन्ता तथा राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
नेकपा संयोजक पुष्पकमल दाहालसहित नेताहरूले आज बिहान पाठकलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरे । स्वागत कार्यक्रममा संयोजक दाहालसहित सहसंयोजक माधवकुमार नेपाल, नेताहरु बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ, पम्फा भुसाल र गंगा दाहाल लगायतको सहभागिता थियो ।
संयोजक दाहालले पार्टीमा स्वागत गर्न पाउँदा खुसी र गर्व महसुस भएको बताए । यस्तै, सहसंयोजक नेपालले बधाई दिँदै भने, 'तपाईंको भूमिका अझ सशक्त र प्रभावकारी बनोस् ।'
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पाठकले झापा-५ मा पुतली चिह्नबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाठकको उपन्यास 'उर्गेनको घोडा' र गैरआख्यान 'मांगेना : नेपाल मन्थन' प्रकाशित छन् ।